Thursday 15th October 2026

स्रष्टा पशपती राईका दश उदकहरू


१.
तिज
छैन चिज
शुभकामना दिएर टार्छु !

२.
तिज
सभ्य बनोस्
हाम्रो संस्कार बाँचोस् !

३.
तिज
रोपौँ बिज
उम्रोस् धर्तीमा सभ्यता !

५.
तिज
सद्भाव बढोस्
सासू बुहारीको बीच !

६.
तिज
छमछम नाचौँ
दिदी बहिनीको साथ !

७.
तिज
सतर्कता अपनाऔँ
दुश्मन कोरोना सित !

८.
तिज
मितव्ययी बनौँ
घाँटी हेरी निलौँ !

९.
तिज
नगरौ देखासिकी
आफ्नै तरीकाले मनाऔँ !

१०.
तिज
अन्धविश्वास हटाऔँ
राखौँ ज्यानको ख्याल !

– पशपती राई , काठमाडौँ


सम्बन्धित शीर्षकहरु

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ । सुरुमा छ महिनाका लागि टिकट…

मेरठको अदालतको फैसला : करिब डेढ वर्ष लामो सुनुवाइपछि दुई अभियुक्तलाई मृत्युदण्डको सजाय मेरठ, भारत। भारतको उत्तर प्रदेशस्थित मेरठको एक…

प्रतिकृयाहरू
...