Tuesday 11th November 2025

कुवेतमा विमानस्थल निर्माण कार्यको क्रममा दुई नेपालीको मृत्यु


तितोपाटी- कुवेतमा बालुवा र ग्राभेलको खाल्टोमा पुरिएर दुई नेपाली कामदारको मृत्यु भएको छ।

बुधबार अपरान्हको समयमा कुवेतको अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण स्थलमा संरचनागत बालुवा र ग्राभेलको गहिरो खाल्टोमा पुरीएर दुई जनाको मृत्यु भएको हो भने एक जनालाई सकुशल उद्धार गरिएको छ।

कुवेतको नया विमानस्थल निर्माणकार्यको क्रममा निकै मिटर गहिरोमा परी दुई जनाको मृत्यु भएको र एक जना घाइते भएका हुन भने उक्त मृतक र घाइतेको पहिचान भने खुल्न सकेको छैन।

घटना पछी कुवेतका सार्वजनिक निर्माण मन्त्री र सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री डा. राना अल- फारिसले घटनास्थल पुगेर उक्त दुर्घटनाबाट भएको क्षतिको निरीक्षण गरेका छन। घटनाको विस्तृत विवरण प्राप्त भएको छैन ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

प्रतिकृयाहरू
...