Saturday 8th August 2026

१५६ औं मोति जयन्तीका अवसरमा स्रष्टा, सिर्जना र मोति स्मरण कार्यक्रम सम्पन्न


तीतोपाटी – १५६ औं मोति जयन्तीका अवसरमा स्रष्टा, सिर्जना र मोति स्मरण कार्यक्रम सम्पन्न भएको छ । हिजो मंगलबार साझ भर्चुअल माध्यममा भएको कार्यक्रममा स्रष्टाहरुले साहित्यकार मोतीराम भट्टको स्मरण गर्दै गजल, कविता, गीत लगायतका रचना वाचन गर्नुभएको थियो ।

विश्व नेपाली साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जनार्दन अधिकारी धड्कन, लुम्बिनी प्रदेश अध्यक्ष भावना खनाल, लुम्बिनी प्रदेश महासचिव तेज प्रसाद खनाल, गुल्मी जिल्ला सल्लाहकारहरु शशी पन्थी, दिन पन्थी र मित्र उराठी गौतम लगायतले शुभकामना मन्तव्य राख्दै रचना वाचन गर्नु भएको थियोे । कार्यक्रममा साहित्यकार कमल खत्री, झमक तिम्सिना, झापा, लक्ष्मी स्मृती, विराट नगर, भुवन प्रसाद अर्याल, तम्घास, गुल्मी, तुल्सीराम गौतम, गुल्मी, निलम कुमार शर्मा, गुल्मी, दिपकराज जोशी, बैतडी हाल गुल्मी लगायतको सहभागिता रहेको थियोे ।

विश्व नेपाली साहित्य प्रतिष्ठान गुल्मी अध्यक्ष मन बहादुर खत्रीको अध्यक्षतामा रहेको कार्यक्रममा प्रतिष्ठानका जिल्ला उपाध्यक्ष लक्ष्मण प्रसाद रिजालले रचना वाचन गरि स्वागत गर्नु भएको थियोे । प्रतिष्ठानका जिल्ला सहसचिव मनु सुनारको कुशल संचालनमा कार्यक्रम रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

नेपाल सरकारले बजारमा सामान तथा सेवा खरिद गर्दा बिल लिने उपभोक्तालाई पुरस्कार दिने व्यवस्था सुरु गरेको छ। यसको मुख्य उद्देश्य…

कुवेत। संयुक्त राज्य अमेरिकाले इरानसँग स्ट्रेट अफ होर्मुज (Hormuz) सम्बन्धी सम्झौता कार्यान्वयनमा आए इरानी बन्दरगाहमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाउने संकेत…

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाअन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा दशकौँदेखि जग्गाको स्वामित्वसम्बन्धी प्रमाणको प्रतीक्षामा रहेका स्थानीयले…

प्रतिकृयाहरू
...