Tuesday 20th October 2026

कुवेतले अक्टोबर देखी सबै किसिमका भिसाहरुलाई प्रवेश अनुमति दिन सक्ने


तितोपाटी- कुवेतले आगामी अक्टूबरबाट सबै किसिमका भिसाहरुलाई कुवेत प्रवेशमा अनुमती दिने सम्भावना रहेको छ।

१८ महिना भन्दा लामो समयको अंतराल पछि, गृह मन्त्रालयले सबै प्रकारका भिसा (परिवार, वाणिज्यिक र पर्यटक) सहित देश भ्रमण गर्न चाहने विदेशी नागरिकहरुको लागी प्रवेश भिसा पुनः खोल्ने योजना बनाएको छ।

अरबी दैनिक अल राईको एक रिपोर्टको अनुसार,
बिभिन्न देशहरु संग सीधा उडानहरुको शुरूआत संगै, कुवेत विमानस्थलको क्षमतामा वृद्धि गर्दै लैजाने र अन्य प्रक्रियाहरु संगै कोरोना भाइरसको संक्रमण दर घटेको र कुवेत सामान्य जीवनमा फर्कने बताउदै भिजिट भिसाको बारेमा मन्त्रिपरिषदको अनुमोदन पछि आगामी अक्टोबरमा खोल्ने अपेक्षा गरिएको बताएको छ।

कोरोना महामारीको कारण गत वर्षको शुरुदेखि नै रोकिएको प्रवेश भिसा खोल्न अनुमति दिने सम्बन्धमा गृह मन्त्रालय र मन्त्रिपरिषद्को बीचमा कुराकानी भएको छ । वर्तमानमा वाणिज्य र परिवार प्रवेश भिसा हाल कोरोना आपतकालको लागी सर्वोच्च समितिको माध्यमबाट जारी गरिने अलरायलाई उद्धत गर्दै अरबटाइम्सले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

जनताको असन्तुष्टिबाट सुरु भएको आन्दोलन जब स्वार्थ समूहको नियन्त्रणमा पुग्छ, तब अधिकारको आवाज अराजकताको कोलाहलमा हराउन थाल्छ। फ्रान्स, बेल्जियम, इटाली…

यमनको शबवा प्रान्तस्थित सैन्य शिविरमा हुथी विद्रोहीले तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्दा ५० जनाभन्दा बढीको मृत्यु भएको र कम्तीमा २००…

मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा जोखिम र क्षेत्रीय तनावलाई ध्यानमा राख्दै अमेरिकाले साउदी अरेबिया, यूएई, कुवेत, जोर्डन, बहराइन, ओमान, कतार, इराक,…

प्रतिकृयाहरू
...