Wednesday 2nd September 2026

कुवेतले अक्टोबर देखी सबै किसिमका भिसाहरुलाई प्रवेश अनुमति दिन सक्ने


तितोपाटी- कुवेतले आगामी अक्टूबरबाट सबै किसिमका भिसाहरुलाई कुवेत प्रवेशमा अनुमती दिने सम्भावना रहेको छ।

१८ महिना भन्दा लामो समयको अंतराल पछि, गृह मन्त्रालयले सबै प्रकारका भिसा (परिवार, वाणिज्यिक र पर्यटक) सहित देश भ्रमण गर्न चाहने विदेशी नागरिकहरुको लागी प्रवेश भिसा पुनः खोल्ने योजना बनाएको छ।

अरबी दैनिक अल राईको एक रिपोर्टको अनुसार,
बिभिन्न देशहरु संग सीधा उडानहरुको शुरूआत संगै, कुवेत विमानस्थलको क्षमतामा वृद्धि गर्दै लैजाने र अन्य प्रक्रियाहरु संगै कोरोना भाइरसको संक्रमण दर घटेको र कुवेत सामान्य जीवनमा फर्कने बताउदै भिजिट भिसाको बारेमा मन्त्रिपरिषदको अनुमोदन पछि आगामी अक्टोबरमा खोल्ने अपेक्षा गरिएको बताएको छ।

कोरोना महामारीको कारण गत वर्षको शुरुदेखि नै रोकिएको प्रवेश भिसा खोल्न अनुमति दिने सम्बन्धमा गृह मन्त्रालय र मन्त्रिपरिषद्को बीचमा कुराकानी भएको छ । वर्तमानमा वाणिज्य र परिवार प्रवेश भिसा हाल कोरोना आपतकालको लागी सर्वोच्च समितिको माध्यमबाट जारी गरिने अलरायलाई उद्धत गर्दै अरबटाइम्सले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन शाहले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार, उपचार, राहत र पुनर्स्थापनाका कामलाई तीव्र रूपमा अघि बढाएको…

सिरियाको दक्षिणी प्रान्त स्वेइदा (Sweida/Suwayda) मा पुनः हिंसा भड्किएपछि राष्ट्रपति अहमद अल–शराआ नेतृत्वको नयाँ सरकारका लागि देशलाई एकीकृत गर्ने प्रयास…

अमेरिकाले मंगलबार इरानका विभिन्न सैन्य संरचनामाथि नयाँ आक्रमण गरेपछि मध्यपूर्वमा तनाव फेरि बढेको छ। अमेरिकाले यी आक्रमणहरू होर्मुज जलडमरूमध्यमा जहाज…

प्रतिकृयाहरू
...