Monday 5th October 2026

तनहुँमा माइक्रोबस र ट्रक ठोक्किंदा एक युवतीको मृत्यु, १५ घाइते


तितोपाटी – तनहुँमा अाज सोमबार बिहान माइक्रोेबस र ट्रक एक आपसमा ठोक्किदाँ  एक युवतीको मृत्यु भएको छ भने १५ यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा भोजपुर जिल्ला बोक्सिङ नगरपालिका घर भएकी १९ वर्षीया सविना राई भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा परी सख्त घाइते भएकी राईको उपचारको क्रममा पोखरास्थित मणिपाल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । पोखराबाट काठमाडौँ जाँदै गरेको बा २ ख ११३८ नम्बरको माइक्रो बस र विपरीत दिशाबाट आइरहेको बा ४ ख ११२४ नम्बरको ट्रक पृथ्वीराजमार्ग सडक अन्र्तगत व्यास नगरपालिका वडा नं १२ छिर्कनेमा ठोक्किदाँ सो दुर्घटना भएको हो ।

दुर्घटनामा सख्त घाइते भएका तीन जनाको पोखरास्थित मेट्रो सिटी अस्पतालमा उपचार भैरहेको छ भने १२ जनाको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पतालमा उपचार भैरहेको छ ।


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूले नासाको बेनु (Bennu) नामक क्षुद्रग्रहबाट ल्याइएको नमुना अध्ययन गर्दा सौर्यमण्डलको सुरुवाती इतिहासबारे नयाँ जानकारी फेला पारेका छन्। पहिले वैज्ञानिकहरू…

दशैंका लागि काठमाडौं उपत्यकाबाट करिब १५ लाख मानिस आफ्नो घर फर्किने अनुमान गरिएको छ। तीमध्ये झण्डै १० लाख यात्रु सार्वजनिक…

ब्राजिलको राष्ट्रपति चुनाव दोस्रो चरणमा पुगेको छ। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि वर्तमान…

प्रतिकृयाहरू
...