Wednesday 14th May 2025

तनहुँमा माइक्रोबस र ट्रक ठोक्किंदा एक युवतीको मृत्यु, १५ घाइते


तितोपाटी – तनहुँमा अाज सोमबार बिहान माइक्रोेबस र ट्रक एक आपसमा ठोक्किदाँ  एक युवतीको मृत्यु भएको छ भने १५ यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा भोजपुर जिल्ला बोक्सिङ नगरपालिका घर भएकी १९ वर्षीया सविना राई भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा परी सख्त घाइते भएकी राईको उपचारको क्रममा पोखरास्थित मणिपाल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । पोखराबाट काठमाडौँ जाँदै गरेको बा २ ख ११३८ नम्बरको माइक्रो बस र विपरीत दिशाबाट आइरहेको बा ४ ख ११२४ नम्बरको ट्रक पृथ्वीराजमार्ग सडक अन्र्तगत व्यास नगरपालिका वडा नं १२ छिर्कनेमा ठोक्किदाँ सो दुर्घटना भएको हो ।

दुर्घटनामा सख्त घाइते भएका तीन जनाको पोखरास्थित मेट्रो सिटी अस्पतालमा उपचार भैरहेको छ भने १२ जनाको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पतालमा उपचार भैरहेको छ ।


सम्बन्धित शीर्षकहरु

काबुल: तालिबान सरकारले मंगलबार भनेको छ कि जुलाईमा संयुक्त राज्य अमेरिकामा कानुनी सुरक्षा खारेज हुने अफगान शरणार्थीहरूको स्वदेश फिर्तीमा ट्रम्प…

गत हप्ता भएको भयंकर सैन्य टकरावपछि भएको युद्धविरामपछि राष्ट्रलाई दिएको पहिलो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पाकिस्तान विरुद्धको सैन्य कारबाही…

KYIV: युक्रेन र उसका सहयोगीहरू सोमबारदेखि कम्तिमा ३० दिनको लागि रूससँग "पूर्ण, बिना शर्त युद्धविराम" को लागि तयार छन्, युक्रेनी…

प्रतिकृयाहरू
...