Saturday 8th August 2026

कविताः साँचो र सत्य त एउटै मात्र छ – बि.आर. उप्रेती


साँचो र सत्य त एउटै मात्र छ
जन्मेर मर्नु पर्ने प्राणी मात्र छ

प्राणी विवेकशील प्मानिस भएर
सक्तैन बस्न लोभ र रिस सहेर
यहाँ आउँदा र जाँदा निर्वस्त्र
कर्म राम्रो नभए गएर अलपत्र

साँचो र सत्य त एउटै मात्र छ
जन्मेर मर्नु पर्ने प्राणी मात्र छ

अहा यहाँ सुन्दर रंग्मञ्च कति
तर घमण्ड र रिस इवी छ अति
कोरोना र बाढी पहिरो सोचेको थिएन
आखिर केही पनि लान दिएन

साँचो र सत्य त एउटै मात्र छ
जन्मेर मर्नु पर्ने प्राणी मात्र छ

दु:ख र सुख त जीवनको साथी
एकदिन त अवश्य जानु छ माथि
अहंकारले राम्रो गर्दैन गाउँ घरमा
हुँदैन राम्रो समाज र देशमा

साँचो र सत्य त एउटै मात्र छ
जन्मेर मर्नु पर्ने प्राणी मात्र छ

– बि.आर. उप्रेती, बारा, नेपाल


सम्बन्धित शीर्षकहरु

थाइल्यान्डको बैंकक नजिक रहेको डेबसिरिन नोन्थाबुरी विद्यालयमा १४ वर्षीय एक विद्यार्थीले गोली चलाउँदा पाँच शिक्षकको मृत्यु भएको छ भने ३०…

नेपाल सरकारले बजारमा सामान तथा सेवा खरिद गर्दा बिल लिने उपभोक्तालाई पुरस्कार दिने व्यवस्था सुरु गरेको छ। यसको मुख्य उद्देश्य…

कुवेत। संयुक्त राज्य अमेरिकाले इरानसँग स्ट्रेट अफ होर्मुज (Hormuz) सम्बन्धी सम्झौता कार्यान्वयनमा आए इरानी बन्दरगाहमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाउने संकेत…

प्रतिकृयाहरू
...