साँचो र सत्य त एउटै मात्र छ
जन्मेर मर्नु पर्ने प्राणी मात्र छ
प्राणी विवेकशील प्मानिस भएर
सक्तैन बस्न लोभ र रिस सहेर
यहाँ आउँदा र जाँदा निर्वस्त्र
कर्म राम्रो नभए गएर अलपत्र
साँचो र सत्य त एउटै मात्र छ
जन्मेर मर्नु पर्ने प्राणी मात्र छ
अहा यहाँ सुन्दर रंग्मञ्च कति
तर घमण्ड र रिस इवी छ अति
कोरोना र बाढी पहिरो सोचेको थिएन
आखिर केही पनि लान दिएन
साँचो र सत्य त एउटै मात्र छ
जन्मेर मर्नु पर्ने प्राणी मात्र छ
दु:ख र सुख त जीवनको साथी
एकदिन त अवश्य जानु छ माथि
अहंकारले राम्रो गर्दैन गाउँ घरमा
हुँदैन राम्रो समाज र देशमा
साँचो र सत्य त एउटै मात्र छ
जन्मेर मर्नु पर्ने प्राणी मात्र छ
– बि.आर. उप्रेती, बारा, नेपाल