Wednesday 2nd September 2026

कुवेत बाहिर रहेका ३ लाख ९० हजार आप्रवासीहरुको भिसा समाप्त


तितोपाटी- कुवेत भन्दा बाहिर रहेका झण्डै ३ लाख ९० हजार जना आप्रवासीहरु हरुको भिसा सकिएको छ। भिसा सकिए संगै उक्त आप्रवासीहरु अब कुवेत आउनबाट रोकिएका छन।

कोरोना महामारीले बिगत डेढ वर्ष भन्दा पहिला स्वदेश फर्किएका अधिकांश यसियाली नागरिक रहेका छन।

बढ्दो संक्रमणका कारण कुवेत सरकारले उडानमा रोक लगाएको थियो सोही कारणले पनी भिसा अवधी भित्र कुवेत फर्किंन नपाएकोले ३ लाख ९० हजार जना आप्रवासीहरुको भिसा पूर्णरूपमा समाप्त भएको छ।

कुवेत सरकारद्वारा जारी कड़ा स्वास्थ्य आवश्यकता सहित कुवेत आउनुपूर्व रहेका सर्तका कारण यस अघी उक्त सर्त पूरा गरे मात्रै गत सेप्टेम्बर १ तरीक़ देखी कुवेत आउन पाउने भएता पनी हालै कुवेत स्वास्थ्य मन्त्रालयले विविध कारण बताउदै नेपालबाट भने हाल सम्म कुनै पनी किसिमको उडानलाई अनुमति दिएको छैन। साथै कहिले सम्मका लागी उड़ानमा रोक लगाउने हो भन्ने विषयमा पनी अहिले सम्म आधिकारिकरूपमा कुनै किसिमको जानकारी प्राप्त भएको छैन।


सम्बन्धित शीर्षकहरु

सिरियाको दक्षिणी प्रान्त स्वेइदा (Sweida/Suwayda) मा पुनः हिंसा भड्किएपछि राष्ट्रपति अहमद अल–शराआ नेतृत्वको नयाँ सरकारका लागि देशलाई एकीकृत गर्ने प्रयास…

अमेरिकाले मंगलबार इरानका विभिन्न सैन्य संरचनामाथि नयाँ आक्रमण गरेपछि मध्यपूर्वमा तनाव फेरि बढेको छ। अमेरिकाले यी आक्रमणहरू होर्मुज जलडमरूमध्यमा जहाज…

कुवेतमा नेपालीका लागि एकदिने स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । कुवेतस्थित नेपाली राजदूतावासले Metro Medical Group को…

प्रतिकृयाहरू
...