Monday 10th August 2026

चितवनमा एक जना बृद्धको राप्ती नदीमा डुबेर मृत्यु


तितोपाटी – चितवनमा एक जना बृद्धको राप्ती नदिमा डुबेर मृत्यु भएको छ ।चितवनको भरतपुर महानगरपालिका–२३ सिद्धार्थ चोकका एक व्यक्तिको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवन राष्ट्रिय निकुञ्ज नजिकैको राप्ती नदीमा डुबेर सोही ठाउँमा ६३ वर्षीय बमबहादुर बलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आइतबार साँझ माछा मार्ने क्रममा एक्कासि नदीको भंगालोमा खसेर बलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

राप्ती नदीमा माछा मार्ने र पौडी खेल्ने क्रममा डुबेर तथा गोहीलगायत वन्यजन्तुको आक्रमणमा परेरसमेत मानिसको ज्यान जाने गरेको छ । उनको शवलाई परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ ।


सम्बन्धित शीर्षकहरु

चीनको बोहाइ सागरस्थित बोझोङ १९-६ ग्यास क्षेत्रको पहिलो चरण पूर्ण रूपमा सञ्चालनमा आएको छ। यो चीनको पहिलो १०० अर्ब घनमिटरभन्दा…

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो जाँदा प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। प्रहरीका अनुसार काभ्रे, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम…

प्रधानमन्त्री बालेन शाहले सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग एक्लाएक्लै भेटवार्ता गरेका छन्। भेटमा…

प्रतिकृयाहरू
...