Saturday 20th June 2026

सर्लाहीमा पेस्तोल सहित एक भारतीय पक्राउ


किसन साह ,सर्लाही – सर्लाहीको त्रिभुवननगर  सशस्त्र प्रहरीले नलकटुवा पेस्तोल सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ काली मन्दिर स्थित भारतीय सीमाक्षेत्रबाट सशस्त्र प्रहरी बलको त्रिभुवननगर बीओपी बाट खटिएका टोलीले एकथान नलकटुवा पेस्तोल सहित भारत सितामाढी जिल्ला सोनवर्षा ग्राम पञ्चायत निवासी सोरिक दासका छोरा १७ वर्षीय गोलु कुमार दासलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार शुक्रबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेका दासलाई शंका का आधारमा नियन्त्रणमा चेकजाँच गर्दा नलकटुवा पेस्तोल फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका दासलाई आवश्यक थप कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा लाई जिम्मा लगाईएको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

प्रतिकृयाहरू
...