Thursday 22nd January 2026

शान्ता शाक्यका बाबुको मुख हेर्ने दिन विशेष षड्ऋतुहरू


बाबुको मुख हेर्ने दिन

औंसी प्रतिपदा
दिन हो बाबुको
मुख हेर्ने दिन
सन्तानले पुज्ने
श्रद्धाभाव राख्ने
आशीर्वाद थाप्ने

मुख हेर्ने दिन
बुबाको सम्झना
आउँछ सबमा
आआफ्नो मनमा
न्यानो हुन्छ माया
पाएर नै छाया

बुबालाई सम्झी
मुख हेर्न जाने
दीर्घायु कामना
गरी पूजा गर्ने
सगुन अर्पेर
आशीर्वाद थाप्ने

खुसी भई चेली
माइतमा आई
सुखदु:ख साटी
बुबाको निधार
श्रद्धाले सजाई
आशीर्वाद लिई

कोसेली अर्पेर
आशिष थापेर
खुसीले रमेर
सत्प्रणाम गर्छे
दु:ख सबै भुल्छे
चेली दङ्ग पर्छे

बुबाआमाप्रति
श्रद्धाभाव राख्ने
स्याहार नि गर्ने
सहारा नि बन्ने
कर्तव्य सम्झिने
भरोसा नतोड्ने

सम्झिन्छे है चेली
दु:ख र सुखमा
माइतीको साथ
सजाउँछे घर
प्राण नै सम्झेर
रीत हो भनेर

शान्ता शाक्य, काठमाण्डौ


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...