Monday 22nd June 2026

तस्बिरमा लेखिएका ४४ उदक स्रष्टाका उदकहरू


तीतोपाटी – तीतोपाटी डट कम बाट साप्ताहिक उदक अभ्यास अन्तर्गत नियमित रूपमा प्रकाशित गरिदै आएको आजको श्रृंखलामा ४४ जना उदक स्रष्टाका उदकहरूलाइ समेटिएको छ ।

उदक अभ्यास : भाग १५
लेख्नुपर्ने उदक सङ्ख्या : १
प्रशिक्षक : आर्त अकुलीन
मिति : २०७८-०५-१९ गते शनिवार
सहभागी सङ्ख्या : ४४ जना

आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्बिरअनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध गरिएको थियो । सहभागी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ‌‌।


गिद्ध
प्रकृतिको कुचिकार
संरक्षण वर्तमान आवश्यकता !
✍️ आर्त अकुलीन, कैलाली

गरुड
प्रकृतिको कुचिकार
लोप भएर हाहाकार !
✍️ राम न्यौपाने, कैलाली

नेताहरू
देशको ढुकुटीमा
गिद्ध जस्तै झुमेका !
✍️ बालकृष्ण खनाल, टीकापुर

प्रकृतिमा
वरपर गरूड
जागृत भाव करूण !
✍️ इन्दिरा ज्ञवाली, तानसेन, पाल्पा

गिद्ध
लोपोन्मुख अवस्थामा
संरक्षण हाम्रो हातमा !
✍️ हिमाल अम्मै, कैलाली

प्रतीक्षा
मरेको सिनो
गिद्धलाई खाने हतार !
✍️ नारायण कोइराला, यूएई

अतृप्त
युगान्त परिवर्तन
अनन्त मुक्ति कर्ममा !
✍️ राेशन पराजुली ,धरान

गिद्वहरू
नयाँ भर्सनमा
सङ्कट अभाव नेपालमा !
✍️ खड्गबहादुर गुरुङ, टीकापुर

जीवन
केही छैन
मृत्युको बाटो हेरालु !
✍️ अनुग्रह राना मगर ‘पुष्प’, संखुवासभा, हाल: मलेसिया
१०
एकता
उदर भरणको
सान्सारिक सूत्रमा पन्छीहरू !
✍️ वेदप्रसाद रिजाल, इलाम
११
गिद्ध
सिनोमा झुमेका
लुटेराहरू देश लुट्दै !
✍️ विनय तामाङ, भक्तपुर
१२
गिद्ध
सिनोमा झुम्मिँदै
प्रकृतिको कुचिकार बन्दै !
✍️ सरस्वती श्रेष्ठ, रुपन्देही
१३
गिद्द
प्रकृति संरक्षक
जोगाउनु आजको आवश्यकता !
✍️ समुन्द्रा शर्मा, सुनसरी
१४
गिद्द
प्रकृतिको शोभा
चौतर्फी संरक्षणको आवश्यकता !
✍️ अञ्जिता राउत, सोलुखुम्बु
१५
मान्यता
जिउने चाहाना
पापी पेटको बहाना !
✍️ ईश्वरी अधिकारी, लमजुङ
१६
गिद्ध
फाेहाेर नाशक
बाेलाैँ विनाश विरुद्ध !
✍️ फणिन्द्र थापा, लालभित्ती, नेपाल
१७
गिद्ध
सपनामा रमाउने
ढुकुटीमा नेता जस्तै !
✍️ रामराजा के. सी., फर्पिङ, काठमाडौँ
१८
राजनीति
मरेका सिनु
नेतृत्वमा तँछाड मछाड !
✍️ पशपती राई, खोटाङ
१९
गिद्ध
सिनोमा रमाउने
नेता सत्तामा लुछाचुँडी ।
✍️ रमेश प्रभात, चितवन
२०
प्रकृति
जीवन चक्र
गिद्धको झुण्ड सिनोमा !
✍️ विजया घिमिरे, जनकपुर
२१
गिद्ध
सिनोको राजा
आफ्नै प्रकृतिमा रमाउने !
✍️ कमल जि.सी. रामु, बाग्लुङ, हाल: अबुधाबी, युएई
२२
गिद्ध
देशका नेता
नेपाल आमाको छाती !
✍️ वसन्त अनुभव, घोराही-१४, दाङ
२३
प्रकृति
भोकको आकृति
तँछाड मछाडको प्रवृत्ति !
✍️ सविता के.सी., काठमाडौँ
२४
जिन्दगी
कोहीको समाप्ति
कसैलाई हर्क बढाई !
✍️ प्रभादेवी पौडेल, चितवन
२५
सम्झना
गिद्धहरूको बथान
छतिवन जङ्गलको किनार !
✍️ खेमराज पुरी, कैलाली
२६
सिनोमा
गिद्धहरूको लडाई
भोक मेटाउने आशमा !
✍️ रविन भण्डारी,
२७
गिद्ध
सिनाे खाएर
वातावरण स्वच्छ बनाउँदै !
✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे’, भक्तपुर
२८
गिद्ध
वातावरण सन्तुलन
लाेपाेन्मुख प्रजातिकाे संरक्षण !
✍️ नारायणप्रसाद उपाध्याय, कैलाली
२९
नेता
गिद्धका हुल
नेपाल आमाको छाती !
✍️ श्रीकृष्ण शर्मा, पोखरा
३०
गिद्ध
लोपोन्मुख चरा
संरक्षक वातावरण शुद्धता !
✍️ कमला देवकोटा, पाल्पा
३१
सिनु
गिद्धको आहारा
प्रकृति सफाइको सहारा !
✍️ घनश्याम पौडेल, पोखरा
३२
जीवनयापन
एउटाको देहवसान
फोहोर मैला व्यवस्थापन !
✍️ होमप्रसाद नेउपाने, धरान, सुनसरी
३३
जाती
जटायु जाति
प्राकृतिक पर्यावरण साथी !
✍️ टीकाराम जाेशी, टीकापुर
३४
आहारा
आहा आहार्य
अपरिहार्य अनिवार्य अपर्याप्त !
✍️ अगस्टीन राई, पूर्व सिक्किम, भारत
३५
गिद्ध
वातावरण दुर्गन्ध
सिनो खान प्रसिद्ध !
✍️ मङ्गला उपाध्याय, कलैया-१, बारा
३६
भतेर
कसैको मृत्युमा
लुछ्न पल्केका गिद्धहरू !
✍️ गोपालप्रसाद पौड्याल, विराटनगर
३७
गिद्ध
कोसौँ टाढा
हेर्छ सिकार सिनो !
✍️ पुष्पा सायरा, विराटनगर
३८
सिनो
गिद्धको घेरा
देशको तितो यथार्थ !
✍️ कविता आचार्य, कैलाली
३९
जीवन
सास गएपछि
बन्ने गिद्दकाे आहारा !
✍️ सावित्री अधिकारी, काठमाडौँ
४०
गिद्ध
आहारा सिनो
पाउनै गाह्रो चिज !
✍️ चक्र शाही, कैलाली
४१
सिनाे
चिल गिद्ध
आज भए समृद्ध !
✍️ मधुसुदन प्रसाद घिमिरे, काठमाडौँ
४२
गिद्द
छैनन् अहिले
त्यसैले भएको दुर्गन्ध !
✍️ सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
पाल्पा, हाल: युगाण्डा जिन्जा
४३
सिनो
गिद्धको झुण्ड
लुछ्ने क्रम जारी !
✍️ पवित्रा महरा, घोराही-१४, दाङ
४४
मांसाहारी
क्रुर सिकारी
रम्दैछन् शिकारमा लल्कारी !
✍️ रामकुमार दुवाडी, पोखरा


सम्बन्धित शीर्षकहरु

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रधानमन्त्री बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा विकास निर्माणका काममा भएको ढिलाइ, रिङरोड विस्तार, फोहोर व्यवस्थापन, सडक, विद्युत् र विभिन्न…

प्रतिकृयाहरू
...