Sunday 16th November 2025

यमनमा सरकारी सेना र विद्रोही समुह बीच झडप हुँदा ६५ जनाको मृत्यु


यमनको मारिब शहरमा सरकार समर्थक सेना र विद्रोही हुतु समुहबीच जारी रहेको झडपको क्रममा कम्तीमा ६५ जनाको मृत्यु भएको एएफपीले जनाएको छ। सरकारी सेनाका अधिकारीलाइ हवाला दिंदै सरकारी सेना तर्फ २२ जना र बाँकी विद्रोही तर्फ मारिएको जनाइएको छ ।

४८ घण्टासम्म जारी रहेको झडपमा ४८ हुथी विद्रोही मारिएको सरकारी सेनाका अधिकारीले जानकारी दिएका छन् । समाचारमा बताइए अनुसार हुथी विद्रोहीले अल-अनाद सैन्य अड्डामा सशस्त्र ड्रोन र ब्यालिस्टिक मिसाइल प्रयोग गरी धेरै हमला गरेका थिए ।

सीएनएनका अनुसार झडपमा दक्षिण पश्चिमी यमनमा साउदी नेतृत्वको गठबन्धनको सेनाको सैन्य अड्डामा हुथी विद्रोहीको आक्रमणमा कम्तीमा ३० सैनिक मारिएका र ६० जना घाइते भएका छन्। ।

यमनमा हुथी विद्रोहीले सन् २०१४ बाट शुरु गरेको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।


सम्बन्धित शीर्षकहरु

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

प्रतिकृयाहरू
...