Thursday 23rd April 2026

यमनमा सरकारी सेना र विद्रोही समुह बीच झडप हुँदा ६५ जनाको मृत्यु


यमनको मारिब शहरमा सरकार समर्थक सेना र विद्रोही हुतु समुहबीच जारी रहेको झडपको क्रममा कम्तीमा ६५ जनाको मृत्यु भएको एएफपीले जनाएको छ। सरकारी सेनाका अधिकारीलाइ हवाला दिंदै सरकारी सेना तर्फ २२ जना र बाँकी विद्रोही तर्फ मारिएको जनाइएको छ ।

४८ घण्टासम्म जारी रहेको झडपमा ४८ हुथी विद्रोही मारिएको सरकारी सेनाका अधिकारीले जानकारी दिएका छन् । समाचारमा बताइए अनुसार हुथी विद्रोहीले अल-अनाद सैन्य अड्डामा सशस्त्र ड्रोन र ब्यालिस्टिक मिसाइल प्रयोग गरी धेरै हमला गरेका थिए ।

सीएनएनका अनुसार झडपमा दक्षिण पश्चिमी यमनमा साउदी नेतृत्वको गठबन्धनको सेनाको सैन्य अड्डामा हुथी विद्रोहीको आक्रमणमा कम्तीमा ३० सैनिक मारिएका र ६० जना घाइते भएका छन्। ।

यमनमा हुथी विद्रोहीले सन् २०१४ बाट शुरु गरेको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

नेपाल सरकारका गृहमन्त्री सुदन गुरूङले गृहमन्त्री बनेको २७औँ दिनमा आज २०८३ वैशाख ९ गते पदबाट राजीनामा दिएका छन्। गृहमन्त्रीबाट राजीनामा…

दृढता, विश्वव्यापी स्रोत क्षमताको बलियो पक्ष तथा उपभोक्ताको पुनः सक्रिय गतिशीलतालाई उजागर गरेका छन्। -युसुफअली एम.ए. लुलु समूहले जीसीसी-व्यापी ‘वर्ल्ड…

प्रतिकृयाहरू
...