जाडोको याममा
बसेर घाममा
खाएको बदाम
सम्झी म हैरान
फर्केलान् ती दिन
सम्झन्छु खै किन ? १।
प्रमिल कुरामा
भुलिन्थ्यो युवामा
गोघूलि साँझमा
दाैतरी माझमा
हातको सिरानी
सम्झदा कहानी ।२।
भावना उर्लिन्थ्यो
कविता नि फुर्थ्यो
रमिन्थ्यो नाचिन्थ्यो
सुसेली गाइन्थ्यो
पात बजाएर
वनै थर्काएर ।३।
-दामोदर ढकाल दीपक
भोजपुर ।