Monday 1st September 2025

बदर अल समा मेडिकल सेन्टरले KKPA का लागि निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने


तीतोपाटी – अत्याधुनिक स्वास्थ्य सेवा दिंदै आएको बदर अल समा मेडिकल सेन्टरले कुवेत केरला प्रवासी संघका लागि आगामी १० सेप्टेम्बर २०२१ शुक्रबारको दिन एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने सम्बन्धि पोष्टर सार्वजनिक गर्दै सो कुराको जानकारी दिइएको हो ।

बदर अल समा मेडिकल सेन्टरको सभाहलमा शाखा प्रबन्धक श्री अब्दुल रजाकले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने सम्बन्धी पोष्टर सार्वजनिक गरी  केकेपिएका अध्यक्ष श्री शकिर पुथानपलाथु महासचिव सुश्री कन्नूर, श्री अब्दुल कलाम मौलवी (सल्लाहकार बोर्ड) श्री वनाजा रा जन (सचिव), श्री जोस जर्ज (कार्यक्रम कोनेनर), श्री सजीव चावककड (कोषाध्यक्ष)लाई एक निः शुल्क चिकित्सा शिविर पोस्टर प्रदान गर्नुभयो। लाइ पोष्टर प्रदान गरेका थिए ।

सो निःशुल्क स्वास्थ्य शिविर सञ्चालन सम्बन्धि पोष्टर सार्वजनिक समारोहमा बदर अल समा मेडिकल सेन्टरको तर्फबाट शाखा प्रवन्धक अब्दुल रजाकको अलावा  विजनेस को अर्डिनेटर श्री अनास, मार्केटिङ कोअर्डिनेटर मिस प्रीमा का साथै बदर अल समा मेडिकल सेन्टर तथा केकेपिएका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

स्मरण रहोस, बदर अल समा मेडिकल सेन्टर फरवानियाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्था, मिडिया ग्रुप, कम्पनीहरूसँग हातेमालो र सहकार्य गरि स्वास्थ्य  सेवामा विभिन्न  छुटका प्याकेज तथा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री नरेन्द्र मोदी चीनको तियानजिनमा आयोजना भइरहेको सांघाई सहयोग संगठन (SCO) शिखर सम्मेलनका लागि आइपुगेका छन्। यस्तो अवस्थामा, विदेश मन्त्रालयले…

एउटा अभूतपूर्व अध्ययनले सुझाव दिन्छ कि मानिस सहित सबै जीवित प्राणीहरूले - दृश्य प्रकाशको हल्का चमक दिन्छन् जुन जीवन समाप्त…

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार चीनको तियानजिनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको द्विपक्षीय भेटवार्तामा लिपुलेक दर्रा हुँदै व्यापार मार्ग खोल्ने…

प्रतिकृयाहरू
...