Monday 22nd June 2026

इन्दिरा ज्ञवालीको तिज विशेष शीत सम्वाद


समयः राती ११ः००बजेतिर
स्थानः सुत्ने कोठा
पात्रः छोरी (इन्दु)
तिजको बेला छ,टाढा छु, माइत नगएको पनि २ बर्षभन्दा बढी भो,कसरी जाऊँ कोरोनाको डर,अर्कोतिर खुट्टा कमजोर । यी सबै कुरा मनमा पिङझै मच्चिन्छन्।यत्तिकैमा फोनको घन्टी बज्छ,फोन उठाउँदै,,,,
शीत संवाद

छोरीः

ढोगें
आमा
सन्चै
छ नी

केछ
त्यता
नयाँ
कुरा

आमाः

नानी
यता
सबै
सन्चै

तिम्रो
भन
के छ
त्यता

छोरीः

ठिक्छ
आमा
मेरो
सबै

खुट्टा
निको
हुँदै
छ है

आमाः

छोरी
तीज
मान्न
आऊ

तिम्रो
याद
आयो
धेरै

छोरीः

रोग
डर
अति
धेरै

जान
छैन
भयो
धेरै

आमाः

आमा
छोरी
गरौं
वात

सँगै
बसी
फालौ
रात

छोरीः

उडी
आऊँ
गुडी
आऊँ

मन
पेट
सबै
त्यतै

आमाः

तामा
बोडी
खुवा
खिर

लाग्थ्यो
किन
छोरी
पिर

छोरीः

ज्वाइँ
भन्छन्
परे
एक्लै

जान्छु
भन्दा
आँसु
झार्दै

आमाः

ज्वाइँ
लिई
आऊ
यता

के को
पिर
छ र
त्यता

छोरीः

फोन
वात
कति
गरौं

निम्ता
पाएँ
हिँड्छौं
भोलि

आमाः

ल त
छोरी
फोन
राखेँ

हस्त
आमा
वाई
गरेँ

इन्दिरा ज्ञवाली
तानसेन,पाल्पा


सम्बन्धित शीर्षकहरु

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रतिकृयाहरू
...