Thursday 15th October 2026

वडाअध्यक्षबाट एक छिमेकी महिला माथि बलात्कारको प्रयास


किसन साह ,सर्लाही – सर्लाहीको ब्रहम्पुरी गाउँपालिका ७ वडाका अध्यक्षले बलात्कारको प्रयास गरेको पीडित परिवारले बताएका छन् । ब्रम्हपुरी गाउँपालिका वडा नम्बर -७ सोनोकैल्वाका वडाअध्यक्ष श्याम कुमार यादवले सोही वडा की ३० वर्षिया एक स्थानीय महिलालाई बलात्कारको प्रयास गरेका हुन्।

गत भदौ ५ गते राती करिब २ बजेको समयमा राती सुतिरहेको अवस्थामा वडा अध्यक्ष यादवले आफुमाथि बलात्कार गर्न खोजेको पीडित महिलाको आरोप छ । पिडक वडाअध्यक्ष यादवको घर आफ्नो घरको छेउमै रहेकोले यसअघि पनि उनले पटकपटक आफु माथि दुर्व्यवहार गरेको पिडित महिलाले गुनासो गरिन। वडाअध्यक्ष यादवले घरमा कोही नभएको मौका छोपेर घरभित्र प्रवेश गरि सुतिरहेको अवस्थामा जथाभावी रुपमा शरिरका विभिन्न सम्बेदनशिल अंगहरुमा हातपात गरि चोलो समेत साडी टुक्राटुक्रा गरी करणीको प्रयास गरेको पिडित महिलाले बताइन् ।

वडा अध्यक्ष यादव ४-५ बर्ष अगाडी पनि गाउँकै छिमेकी महिलालाई जबर्जस्ती गरे पछि पञ्चायतबाट दण्ड जरिवाना गरि मिलापत्र गरिएको स्थानीयहरुले बताए । यस घटनालाई समेत वडा अध्यक्ष यादवका केही मानिसले डेढ बिघा जमिन दिएर मिलापत्र गर्न दबाब दिने गरेको पीडित महिलाले गुनासो गरिन ।

यस घट्नाले यति खेर पीडितपक्षका केहीलाई घटना बारे जथाभावी बोल्नेलाई डर त्रास देखाउने काम भएको आरोप छ ।
घट्नालाई लुकाउन जाहेरी दर्ता समेत नगर्न राजनीतिक दवाबले प्रहरीले समेत पीडित महिलाको जाहेरी दर्ता गर्न नचाहेको गुनासो गरे ।
यता घटनामा संलग्न वडाअध्यक्ष यादव घटनाको दिनदेखि नै परिवार सहित बाहिर भागेका छन् । अहिले उनी फोन सम्पर्कमा भए पनि घटनामा आफुलाई फसाउन खोजेको बताउँछन् ।

पीडित महिलाका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

अमेरिकी सञ्चारमाध्यम CNN का अनुसार, अमेरिकी सेनाले इरानका आणविक केन्द्र र ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न आवश्यक परे MOAB (मदर अफ…

प्रतिकृयाहरू
...