षड्ऋतुहरु
“पाल्पा”
पाल्पामा नै जाने
जात्रैजात्रा हेर्ने
कृष्णाजन्माष्टमी
भोलिको दिनमा
भगवती जात्रा
गरौँ आजै यात्रा
कृष्णजीको जन्म
कंशको मरण
टिक्दैन दुष्ट्याइँ
भस्म दुराचारी
नष्ट अत्याचारी
बाँच्छ सदाचारी
तानसेन यात्रा
भगवती जात्रा
सबै जन भेला
भव्यताको मेला
हो शक्तिकी देवी
गर्छन् धेरै भक्ति
संस्कृतिले धनी
सुन्दर नगरी
तानसेन जाने
जात्रा सबै हेर्ने
नगर चाहार्ने
आनन्द नि लिने
बजार नि घुम्ने
ढाकाहरू किन्ने
करूवा नि लिने
चुकाउनी चाख्ने
साथीभाइसँग
रमाइलो गर्ने
पाल्पालीको पाल्पा
हुन्छ जात्रैजात्रा
लोप नहोस् भन्न
मान्नुपर्छ जन
धरोहर मानौँ
संरक्षण गरौँ
शान्ता शाक्य
काठमाण्डौ