Sunday 9th August 2026

जुनेली साहित्य समाज नेपालको केन्द्रीय समिती गठन


तीतोपाटी – नेपाली साहित्यको श्रीवृद्धिको लागि काव्य विधा अन्तर्गत विभिन्न लघुतम विधाहरूको प्रवर्तन भइरहेका बेला साहित्य सर्जकहरूद्वारा परिकल्पना गरिएको लघुतम उपविधा शीत  जस्तै अर्को विधा जुनेली शीत काव्य परिकल्पना गर्ने सर्जकहरूको छलफलबाट जुनेली साहित्य समाज नेपालको गठन भएको छ । आज मिति २०७८ साल भाद्र १४ गते कृष्ण अष्ठमीको अवसर पारेर गठन गरिएको जुनेली साहित्य समाज नेपालको केन्द्रीय समिती गठन भएको हो । नवगठित केन्द्रीय समितिको अध्यक्षमा जुनेली काव्यका परिकल्पनाकार शिव कुमार रेग्मी चयन भएका छन् भने अध्यक्ष सहित १३ सदस्यीय कार्य समिति र ४ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

नव गठित जुनेली साहित्य समाजका अध्यक्ष शिव कुमार रेग्मीले स्वदेश तथा विदेशमा छरिएर रहेका नेपाली साहित्यलाइ माया गर्ने र नेपाली साहित्य प्रति रूचि भएका जो कोहि पनि जुनेली साहित्य समाजमा अावद्ध हुन र जुनेली शीतको विकास, विस्तार र प्रवर्धनमा लागि पर्दै जुनेली शीत लेख्न सक्ने जनाएका छन् ।

नवगठित जुनेली साहित्य समाजको केन्द्रीय समिती यस प्रकार रहेको छः

अध्यक्ष-शिव कुमार रेग्मी(पाल्पा)
उपाध्यक्ष-नारायण कोइराला(पाल्पा)
सचिव-मुक्तिनाथ अधिकारी (भरतपुर)
कोषाध्यक्ष-ह्वारिस पंगेनी(बुटवल)
सह सचिव-गोविन्द खनाल(पाल्पा)
सह कोषाध्यक्ष-हिउँकला हाँसी खतिवडा(कैलाली)

सदस्यहरू

कृष्ण रेग्मी(पाल्पा)
लक्ष्मी अर्याल(अर्घाखाँची)
निरञ्जन पोख्रेल(ललितपुर)
रूपा गौतम-(निजगढ,बारा)
सविता के.सी.(काठमाडौँ)
शोभा अर्याल (बुटवल)
रिता खराल(रूपन्देही)

त्यसै गरि संस्थागत सल्लाहकारमा पुष्कर राज रेग्मी, रविन्द्र पोखरेल र शान्ता शाक्यलाइ चयन गरिएको छ भने प्रेस सल्लाहकारको रूपमा तीतोपाटी मिडिया प्रा. लि. का आनन्द आचार्यलाइ चयन गरिएको छ ।

 


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा सुरक्षा र कूटनीतिक तनाव थप बढ्दै गएको छ। यमनका हुथी विद्रोहीहरूले साउदी अरबको जिजान प्रान्तस्थित अरामको तेल केन्द्रमा आक्रमण…

सन् २०२६ को बहुप्रतीक्षित पूर्ण सूर्यग्रहण यहि अगस्ट १२ मा हुने भए पनि एशियाका अधिकांश देशबाट भने यसको पूर्ण दृश्य…

फिलिपिन्समा दक्षिणपश्चिमी मनसुन र उष्णकटिबन्धीय चक्रवातको प्रभावका कारण ३ लाख ८० हजारभन्दा बढी नागरिक प्रभावित भएका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार…

प्रतिकृयाहरू
...