१
चर्कियो
छाती लात्तिले
पुत पुताका गल्तीले !
२
मन
भत्कियो तड्पियो
आफ्नै कुबुद्धि खड्कियो !
३
साँढे
जुधाइ फुटाइ
छेपाराहरूको रङ्ग मोलमोलाई !
४
नाङ्गा
बाबा भेषमा
दुर्गति फिर्दैछ देशमा !
५
म
कहाँबाट को
भिन्नता नालीको किरो !
६
चरा
उन्मुक्त उडान
बचेरा चारा भरान !
७
जात्रा
नबनौँ महाशय
बाचौँ अनि बचाउँ !
८
मल्हम
बनौँ मानवको
उद्देश्य लिउँ उत्थानको !
९
महामारी
हुँदैछ प्रखर
नगरौँ डुल्ने रहर !
१०
समस्या
खेतबारी डुवान
घिन लाग्दो मुहान !
११
जिम्मेवारी
मन वचन
सेवा अमूल्य धन !
– कमला देवकोटा
पाल्पा