Monday 19th October 2026

कुवेतमा इजाजतपत्र बिना सवारी साधन चलाएको पाइए देश निकाला गरिने


तितोपाटी- कुवेतमा अब इजाजतपत्र बिना सवारी साधन चलाउन नपाइने आन्तरिक मन्त्रालयले जनाएको छ।

मन्त्रालयले भन्यो कि लाइसेन्स बिना सवारी चलाउने पकडिएका कुनै पनि विदेशीलाई देश निकाला गरिनेछ। र कुनै पनी इजाज़तपत्रबिना सवारी साधन चलाउने कुनै पनि आप्रवासीहरुलाई प्रशासनिक निर्वासनको आदेश लागू गर्न कुनै ढिलाइ नगरीने जनाएको छ।

त्यस्तै गत हप्ता कुवेतमा इजाजतपत्र  बिना सवारी चलाएको आरोपमा तीन जना विदेशी नागरिक पक्राउ परेका छन्।

उक्त दुई उल्लंघन गर्नेहरूलाई ट्राफिक अदालतमा पठाइएको थियो, ट्राफिक अदालतले गम्भीर उल्लंघन गरेको आरोपमा तीन जनाविदेशीहरुलाई १४ दिनको लागी जेलमा राखेको छ, अल राई अखबारका अनुसार। ती मानिसहरु इजाज़तपत्र बिना सवारी चलाउनेपक्राउ परेका थिए। चौध दिन पछि ती आप्रवासीहरुलाई न्यायपालिकामा पठाइनेछ र अदालतले उनीहरुलाई देश निकाला गर्ने वा नगर्नेनिर्णय गर्नेछ। सामान्य ट्राफिक विभाग द्वारा आयोजित एक अभियान को दौरान विदेशीहरुलाई गिरफ्तार गरिएको एक सुरक्षा स्रोतलेजनाएका छन।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा शिक्षा प्रणालीको सुधार र बढ्दो महँगीको विरोधमा सुरु भएका प्रदर्शनहरू हिंसात्मक बन्दै गएपछि सरकारले केही सहरमा आंशिक कर्फ्यु लगाउने…

कुवेतको जलिब अल–शुयुख क्षेत्रमा सुरक्षा निकाय, कुवेत अग्नि बल र नगरपालिकाको संयुक्त समन्वयमा सञ्चालन गरिएको सुरक्षा अभियानका क्रममा कुल ३८६…

8 पेरिस, १९ अक्टोबर। फ्रान्समा विद्यालयको कमजोर अवस्था, शिक्षक अभाव र बढ्दो महँगीविरुद्ध सुरु भएको आन्दोलन हिंसात्मक झडप, आगजनी र…

प्रतिकृयाहरू
...