Wednesday 2nd September 2026

कुवेतमा इजाजतपत्र बिना सवारी साधन चलाएको पाइए देश निकाला गरिने


तितोपाटी- कुवेतमा अब इजाजतपत्र बिना सवारी साधन चलाउन नपाइने आन्तरिक मन्त्रालयले जनाएको छ।

मन्त्रालयले भन्यो कि लाइसेन्स बिना सवारी चलाउने पकडिएका कुनै पनि विदेशीलाई देश निकाला गरिनेछ। कुनै पनी इजाज़तपत्रबिना सवारी साधन चलाउने कुनै पनि आप्रवासीहरुलाई प्रशासनिक निर्वासनको आदेश लागू गर्न कुनै ढिलाइ नगरीने जनाएको छ।

त्यस्तै गत हप्ता कुवेतमा इजाजतपत्र  बिना सवारी चलाएको आरोपमा तीन जना विदेशी नागरिक पक्राउ परेका छन्।

उक्त दुई उल्लंघन गर्नेहरूलाई ट्राफिक अदालतमा पठाइएको थियो, ट्राफिक अदालतले गम्भीर उल्लंघन गरेको आरोपमा तीन जनाविदेशीहरुलाई १४ दिनको लागी जेलमा राखेको , अल राई अखबारका अनुसार। ती मानिसहरु इजाज़तपत्र बिना सवारी चलाउनेपक्राउ परेका थिए। चौध दिन पछि ती आप्रवासीहरुलाई न्यायपालिकामा पठाइनेछ अदालतले उनीहरुलाई देश निकाला गर्ने वा नगर्नेनिर्णय गर्नेछ। सामान्य ट्राफिक विभाग द्वारा आयोजित एक अभियान को दौरान विदेशीहरुलाई गिरफ्तार गरिएको एक सुरक्षा स्रोतलेजनाएका छन।


सम्बन्धित शीर्षकहरु

सिरियाको दक्षिणी प्रान्त स्वेइदा (Sweida/Suwayda) मा पुनः हिंसा भड्किएपछि राष्ट्रपति अहमद अल–शराआ नेतृत्वको नयाँ सरकारका लागि देशलाई एकीकृत गर्ने प्रयास…

अमेरिकाले मंगलबार इरानका विभिन्न सैन्य संरचनामाथि नयाँ आक्रमण गरेपछि मध्यपूर्वमा तनाव फेरि बढेको छ। अमेरिकाले यी आक्रमणहरू होर्मुज जलडमरूमध्यमा जहाज…

कुवेतमा नेपालीका लागि एकदिने स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । कुवेतस्थित नेपाली राजदूतावासले Metro Medical Group को…

प्रतिकृयाहरू
...