Monday 4th August 2025

नगरपालिका भवन निर्माणका लागि नगरप्रमुखद्वारा ५ करोडको जग्गादान


तितोपाटी – सप्तरीको बोदेवरसाइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंह यादवले नगरपालिकाको कार्यालय भवन निर्माणका लागि जग्गा दान गरेका छन्। उनले करीब रु पाँच करोड मूल्य बराबरको जग्गा दान गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको केन्द्र वरसाइन बजारमा कार्यालयको नयाँ भवन निर्माणको उद्देश्यले आफ्नै नाममा रहेको १० कट्ठा जग्गा दान गरेका हुन् ।

पहिलेदेखि सञ्चालनमा रहेको नगरपालिकाको कार्यालय कृषि सेडमा सञ्चालन हुँदै आएको थियो ।

उक्त स्थानमा सेवाग्राहीअनुसार ठाउँ नरहेकाले जनतालाई सुविधा हुने गरी बजारमै नयाँ कार्यालय भवन निर्माण होस् भनेर उनले आफ्नै जग्गामा नगरपालिका भवन निर्माण गर्न लागिएको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

देइर अल-बलाह, गाजा पट्टी: भोकमरी, अभाव र सहायता वितरण स्थलहरू नजिकै घातक अराजकतामाथि अन्तर्राष्ट्रिय आक्रोशको बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका…

गैरआवासीय नेपाली संघ कुवेतले यहि अगस्त ४ तारिक नवौं महाधिवेशन गर्ने भएको छ। एन आर एन ए केन्द्र नै फुटेर…

तितोपाटी -पाल्पामा क्रियाशील ७ राजनीतिक दलले सरकारलाई पत्र मार्फत ध्यानाकर्षण गराएका छन। जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत बढ्दो महंगी, भ्रस्टाचार…

प्रतिकृयाहरू
...