अधेरी रातमा
कोहि छैन साथ
झुक्यायो छायाले
न त बत्ति बल्छ
मन मात्र जल्छ
सोधन मायाले
मास्क मुखा कस्नि
त्यो हातमा घस्नि
घर भित्र बस्नि
यो कोरोनाले नि
भने झै भईन
भेट हुन छैन
गणेश को बर्त
गर्छु तिम्रो पुजा
दूध लड्डु दुबो
रातो फुल जानी
बिघ्न हर्ता ठानी
छ शुभ बिहानी
देवी खनाल
रुपन्देही
षड ऋृतु— काव्य
भदौको महिना
छिटैछ पूर्णिमा
खेतीपाती सकी
चाड पर्व बाकी
चिसो भाको ज्यान
क्वाटी हर्छ जान!
जनै पूर्णे क्वाटी
दान बद्धु बाँधी
मनमा छ हर्ष
आए चाड पर्व
हामी गर्छौ गर्व
रोग दियो दर्द!
अब आयो जात्रा
घर घर जात्रा
कतै चुलो जात्रा
कतै दुनो जात्रा
सम्सद , घरका
साना ठुला मात्रा
मल्ल राजा रोपे
गाईको नी जात्रा
पुत्र मरणमा
पत्नी ती अधैर्य
उदाहरण त्यो
जनताको दिए!
कमला देवकोटा
पाल्पा
तीज विशेष
आमा बुवा भाइ
भाउजू र दाइ
खाजा खिर तामा
लगाएर जामा
सम्झी रुन्छु आज
नाच्थे सब्को माझ।
जन्म घर छोडे
साथी सङ्गी छोडे
जामा छैन आमा
लाएकी छु सारी
रुदै काट्छु रात
आमा तिम्रो काख।।
गीता भट्टराई , रुपन्देही
आए साथ साथ
मेरा नात पात
चुलै निम्तो दिएँ
तब खुशी थिए
भयो भेट घाट
सुख साटासाट।
लाऊँ खोजी खोजी
यो रक्षाको डोरी
ऋषि तर्पणीको
होला रोग निको
सधैँ रक्षा होला
हाम्रो टोलामोला।
शुभकामना छ
राम्रो चाहना छ
वर्षदिन भेटौँ
दुख दर्द मेटौँ
आशीर्वाद लिऊँ
अरुलाई दिऊँ।
चन्द्रावती अधिकारी
बाँके
१.
हो षड्ऋतु जन्मी
नयाँ धार बनी
हृदय पगाली
टपटप टप्की
झरझर झरी
लोकप्रिय भई
२.
माया त बढ्दै छ
षड्ऋतु फुल्दै छ
सभ्य व्यवहार
भव्य उपहार
स्रष्टा अगि बढ्न
भेदभाव हुन्न
३.
आत्मीय छ मित्र
सदा हित चित्त
हुन्छ क्लेषमुक्त
मन हुन्छ श्वेत
गर्दैन अनिष्ट
बन्दैन है दुष्ट
शान्ता शाक्य
काठमाण्डौ
यो तीजको बेला
बढीको छ खोला
बहेली खेलेर
जाउला मिलेर
माइती घरमा
रमौ है दरमा ।
कोरोना कहर
बसौं है सहेर
माइती को छानो
भएछ बिरानो
चुलो र चौकामा
भेटौला मौकामा
धैर्य गरि बसौं है
कोरोना भगाइ
सावधानी हुनु
भिडमा नजानु
दुष्ट रोग आयो
यो मन डरायो ।।
जानुका थापा
काठमाण्डौ