Wednesday 14th May 2025

राष्ट्रिय निकुन्ज वरपरका गाउँमा होमस्टे संचालन पछि बाँकेको मुहार फेरिंदै


तितोपाटी – बाँके राष्ट्रिय निकुञ्ज नजिकैको गाउँमा पर्यटकहरूका लागि स्थानीयले सञ्चालनमा ल्याएको होमस्टे निकै लोकप्रिय बन्न पुगेको छ । होमस्टेकै कारण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र बैजनाथ गाउँपालिका १ गाभरको पर्यापर्यटकीय क्षेत्रमा पर्ने गाभर भ्यालीमा पर्यटकहरुको आकर्षक समेत बढ्दै गएको छ ।

गाभर भ्याली निकुञ्ज क्षेत्र भएकाले पैदलयात्रा र वन्यजन्तु अवलोकनका लागि नमुनाको रुपमा समेत चिनिदै आएको छ । गाभर भ्यालीमा दङगाली होमस्टे र नमुना थारु गाउँ होमस्टे संचालनमा रहेका छन् ।

पारिवारिक बसाई र थारु परिकारका साथ साथै वासस्थानका लागि गाभर भ्यालीमा सुविधा सम्पन्न होमस्टे सञ्चालन भइरहेको दङगाली होमस्टेका सञ्चालक बुझावन थारुले बताउनु हुन्छ ।

होमस्टेमा विशेष थारु परिकारहरु अनदीको भात, सिद्रा, ढिक्री, घोंघी, गंगटा, परेवाको मासु, झिंगे माछा, अनदीको रोटी, फुलौरी मौसम अनुसारको फलफुल र सागसव्जीहरुले पर्यटक लोभ्याउन सफल भएका छन् ।

नेपालगन्जदेखि करिव २३ किलोमिटर दुरीमा रहेको उक्त होमस्टेमा स्थानीय तथा वाह्य पर्यटकहरु समेत आउने गरेका छन् । होम स्टेकै वरिपरि चुरे पहाडसँगै जोडिएको हुनाले सधैंभरि हराभरा र हरियाली मौसम देखिने गरिन्छ । पर्यटकको माग अनुसार स्थानीय संस्कृति नाचगान समेत देखाउने गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

KYIV: युक्रेन र उसका सहयोगीहरू सोमबारदेखि कम्तिमा ३० दिनको लागि रूससँग "पूर्ण, बिना शर्त युद्धविराम" को लागि तयार छन्, युक्रेनी…

दिनहुँको सैन्य वृद्धि, सीमापार घातक आक्रमण, आरोप-प्रत्यारोप र प्रति-आरोपपछि भारत र पाकिस्तानले तत्काल युद्धविराम गर्न सहमत भएका छन्। सन् १९४७…

एजेन्सी -पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले आणविक र क्षेप्यास्त्र नीतिबारे निर्णय गर्नका लागि देशको सर्वोच्च निकायको बैठक बोलाएका छन्। ‘प्रधानमन्त्रीले राष्ट्रिय…

प्रतिकृयाहरू
...