Monday 10th August 2026

सुर्खेतमा ५ वर्षीया बालिकालार्इ बलात्कार गर्न खोज्ने ४५ वर्षे युवा पक्राउ


तितोपाटी – पाँच वर्षीया बालिका बलात्कार प्रयास गरेको आरोपमा सुर्खेत पञ्चपुरी–२ का ४५ वर्षका यामलाल सापकोटालाई प्रहरीले पक्राउ गरेको छ।

सापकोटाले शनिबार राति साढे १२ बजेतिर बालिकाको घरमा पसेर बलात्कार गर्ने प्रयास गरेको इलाका प्रहरी कार्यालय बावियाचौरका प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले जानकारी दिए।

‘बालिका सुतिरहेको बेला घरभित्र पसेर सापकोटाले बलात्कार प्रयास गरेका रहेछन्’ श्रेष्ठले भने, ‘आफन्तले थाहा पाएपछि भागेर मकैबारीमा लुकिरहेको बेला हामीले पक्राउ गयौं।’ इलाका प्रहरी कार्यालयले सापकोटालाई आवश्यक कारवाहीलाई लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ।


सम्बन्धित शीर्षकहरु

नेपालको गण्डकी प्रदेशले कडा सरकारी निगरानी र नियमनअन्तर्गत गाँजाको व्यावसायिक खेती तथा औषधीय प्रयोगलाई अनुमति दिने महत्वपूर्ण नीतिगत कदम अघि…

इजरायलको नाम सुन्नासाथ धेरैको दिमागमा दुईवटा तस्वीर आउँछन्—एकातिर यहुदी धर्म, इजरायली सेना र आधुनिक प्रविधिले सम्पन्न शक्तिशाली राज्य; अर्कोतिर प्यालेस्टाइन,…

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजासम्बन्धी १५-बुँदे ‘बोर्ड अफ पीस’ योजना अस्वीकार गर्दै हमास पूर्ण रूपमा…

प्रतिकृयाहरू
...