१ आँखाभरि छन् सपना
बन्दैनन् तर विपना
गरिबको कस्तो जुनी
बन्छ बैगुनी ।
२ तरर धारा पसिना
दुखपीडाको असिना
लर्के जीवन अल्झियो
व्यथा बल्झियो ।
३ बराबर घामपानी
ढल्क्यो सुस्तरी जवानी
डाँडामाथिको भाष्कर
हामी अस्तर ।
विन्दु दाहाल मूकदर्शक
दमक ८ झापा
तीन खोरियाहरू
(१). खोरियाको मात्रा जाँच
आठ आठ आठ पाँच
गाउँदा लय मीठो छ
युगौँ जीउँछ ।
(२). हात पाउ बस्न लागे
बचन लाउने जागे
कता जाऔँ के गरौँ भो
फाटिमर्नु भो ।
(३). कस्तो काल बेला आयो
सद्भावना दूर भाग्यो
लोभ गर्दै लुट गर्ने
नोट हसुर्ने ।
पूर्णप्रसाद पन्त
सिराञ्चोक ८ गोरखा ।
धेरै भो कता हरायौ
पीडाको आँसु झरायौ
बाटोनै हेरी बस्दैछु
फोटो टाँस्दैछु ।
फलेको बृक्ष नुगेछ
घमण्ड टुप्पो पुगेछ
प्रेमको नातो टुटायौ
भग्य फुटायौ ।
बिर्सेकै हो की मायाले
तर्सायो आफ्नै छायाले
बाचालौ कता हरायो
एक्लो बनायो ।
जनार्दन अधिकारी धड्कन
चन्द्रागिरि कठमाडौ
खोरिया
१
दिदि,बैनी लिनु होला,
तिज पर्वको नमन,
उन्नती र प्रगतिको
शुभकामना।
२
यै सस्कार जोगाउन
दिदी ,बैनी तिज मान्नु
लिन लाई आउदिन
आफै आउनु।
३
कोरोना लाग्यो दिदी
लिन आउन सक्दिन
दिदी,बैनी नआएमा
तिजै मान्दिन।
लक्ष्मी प्रसाद मिश्र
सुन्सर बहार लमजुङ