Thursday 15th October 2026

दस उदक यात्रीका उदकहरू


१
गरा
जरा धरा
हुन्छ हरा भरा

वन
पाखा भीर
प्रकृति सुन्दर तस्बिर

अहो
वारि पारि
वन पाखा बारी

✍️ पुष्कर अथक रेग्मी, पाल्पा

२
जलचर
जलमय जलजीवी
जलजातलाई जलमार्ग जलत्रास ?

जीत
जीउमारा जीउसाँचा
जीवात्मा जीवन्तता जीवन !

जूवारी
जून जूठो !
जूटे जूटमा जूही ?

✍️ अगस्टीन राई, भारत

३
हिमाल
हिँउको पहाड
जीवन निकै कष्टकर !

मान्छे
हेर्दा उस्तै
बिचार फरक फरक !

मृत्यु
अन्तिम सत्य
व्यर्थ केको मरिहत्ते !

✍️ वसन्त अनुभव, दाङ

 

४
मृत्यु
शाश्वत सत्य
जीवनको अन्तिम यात्रा !

मृत्यु
अन्तिम निर्णय
आत्मा परमात्मामा विलिन !

मृत्यु
विधाताको निर्णय
समय सम्बन्ध जीवन !

✍️ रोशन पराजुली, धरान

५
किसान
मल खोजीमा
पैसा छैन गोजीमा !

सोमबार
पूजा गर्दै
भक्ति भाव छर्दै !

दिवस
युवा खाडीमा
नेता चिल्लो गाडीमा !

✍️ चक्र शाही, कैलाली

६
रवाफ
कर्मको अभाव
जीवनको अस्तित्व सखाप !

आमा
ममताकी खानी
प्रिय आँखाकी नानी !

सङ्घर्ष
सफल्ताको प्रतीक
जीवनको उच्च शिखर !

✍️ अञ्जिता राउत, सोलुखुम्बु

७
तीज
छोरीचेली रमाउने
सामजिक धार्मिक चाड !

तीज
मन खोलेर
रमाउने महिलाहरूको चाड !

तीज
माईतीघरमा मनाउन
रमाउने छोरी बुहारी !

✍️ उर्मिला पन्त पाण्डेय, काठमाडौँ

८
जिन्दगी
घाम पानी
सिक्काको दुई पाटा !

नयन
खुशीमा झल्किन्छ
दु:खमा श्रावणन बर्सिन्छ !

मन
शरीरको अंश
दुख्छ हाँस्छ रून्छ !

✍️ सरस्वती श्रेष्ठ, रुपन्देही

९
तिज
गुन्जिन्छ चारैतिर
जीवन भोगाइका गीत !

तीज
शिव पार्वती
आस्था प्रेमको गाथा !

तीज
प्रेम प्रतिक
स्थायी आत्मिय बन्धन !

✍️ समुन्द्रा शर्मा, इटहरी

१०
जून
कालो धब्बा
रविको सौम्य रोशनी !

गोधूलि
अस्ताउँदै रवि
एउटा बुढो रूख !

अङ्गुर
नपाए अमिलो
खान पाए गुलियो !

✍️ आर्त अकुलीन, कैलाली


सम्बन्धित शीर्षकहरु

यमनको इरान समर्थित हुथी समूहले साउदी अरबको सरकारी तेल कम्पनी साउदी अराम्कोका संरचना र रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना…

स्ट्रेट अफ हर्मुज हुँदै यात्रा गरिरहेको सिंगापुरको झण्डावाहक कन्टेनर जहाज GFS Pride क्षतिग्रस्त भएपछि डुबेको छ। जहाजमा रहेका सबै २१…

श्रीलङ्काली आप्रवासी कामदार अनोजन सिवारासाको मृत्युदण्ड खारेज, रिहाइबारे भने अझै स्पष्टता छैन रियाद/कोलम्बो, १४ अक्टोबर। साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा…

प्रतिकृयाहरू
...