Thursday 12th March 2026

सुरू भयो – शब्दसारथि


समाचारदाता, बोस्टन, अमेरिका – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले अनलाइन पाक्षिक कार्यक्रम ‘ अनेसास शब्दसारथि’ को प्रसारण आरम्भ गरेको छ । आइतबारदेखि सुरु भएको यस कार्यक्रममा दिवंगत सर्जकको सम्झना , वरिष्ठ सर्जकलाई सम्मान, समकालीन कविको सिर्जना र अनेसासका गतिविधिलाई प्रस्तुत गरिने भएको छ ।

पहिलो कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला र अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष गीता खत्रीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । यसैगरी कवि मञ्जुल, रमेश क्षितिज र सुरेन्द्र अस्तफलले तीनतीनवटा कविता वाचन गरे ।

उपन्यासकार मदनमणि दीक्षितको तेस्रो बार्षिक पूण्यतिथि पनि परेकोले प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले दीक्षितप्रति श्रद्धा-सुमन अर्पणगर्दै सम्झना पनि सुनाए ।

कार्यक्रममा अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्षद्वय पुरु सुवेदी र पदम विश्वकर्माको साथमा सदस्य तीर्थ अधिकारीले पनि सिर्जना वाचन तथा कार्यक्रम आरम्भको आवश्यकता वारे मन्तव्य राखे ।

कार्यक्रममा अनेसासका महासचिव सर्वज्ञ वाग्ले, कोषाध्यक्ष कृष्णकुमार गिरी , सदस्य डा. रेणुका सोलु र दर्पणका प्रधानसम्पादक लालगोपाल सुवेदीले अनेसासका केही नयाँ कार्यक्रमका बारेमा जानकारी गराए ।
अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले कार्यक्रमको संयोजन गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...