तीतोपाटी – गत शनिबारदेखि बेलायती प्रधानमन्त्री निवास नजिक आफ्ना माग पूरा गर्न भूपू गोर्खाहरूले आमरण अनशन शुरू गरेका छन् भने सो आन्दोलनप्रति बेलायत स्थित प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले ऐक्यबद्धता जनाएको छ ।
विपक्षी लेबर पार्टीले बोरिस जोनसन नेतृत्वको वर्तमान सरकारलाई ब्रिटिस आर्मीसँगै जोडिएर लडेका गोर्खाहरूलाई दिँदै आएको असमान पेन्सन अपमानजनक रहेको र यसको अन्त्य गर्न भनेको छ । पार्टीका छायाँ रक्षामन्त्री स्टेफन मोर्गनले परराष्ट्र सचिवलाई यसअघि नै पत्र लेखेर असमान पेन्सनका बारेमा तत्काल कदम चाल्न आग्रह गरेका छन् ।
बेलायतको सरकारले यो अपमानजनक कार्य अन्त्य गर्ने कुरा दुई वर्षअघि नै गरे पनि हालसम्म कार्यन्वयनमा आएको छैन। त्यहाँको सरकारले भूपू गोर्खाहरूले बेलायती सेनामा गरेको ठूलो योगदानको मूल्याङ्कन गरेर उपचार र पेन्सनको व्यवस्था गरे पनि बेलायती सरह पेन्सन वितरण गरेको छैन ।