Thursday 15th October 2026

अथकका बाल मुक्तकहरू


एक र दुइ कन्दै रहें
तीन र चार भन्दै रहें
पाँच छ सात अनि आठ
नउ र दस गन्दै रहें ।१।

पहिले गुरूदेखि थुरूथुरू म
अहिले स्कुल जान्छु खुरूखुरू म
पढेर लेखी खेल्न पनि पाउँदा
गुरूआमा देखेर फुरफुरू म ।२।

हाम्रो दुई हातको दस औंला
गरि काम अलग बस औंला
चोरी बुढी साहिली माझी कान्छी
सबै मुठी पारेर कस औंला ।३।

फलफूल मीठो स्याउ हुन्छ
अघाएर खाए ढ्याउ हुन्छ
पढने बेलामा साँझ सधैं
बिजुली गएर झ्याउ हुन्छ ।४।

क्यासेटमा नाचें म झिनझिन
टेलिफोन उठाएँ टिनटिन
घरभित्र बसेर मैले पनि
अनलाइन पढें दिनदिन ।५।

पुष्कर अथक रेग्मी
श्रीनगर पाल्पा


सम्बन्धित शीर्षकहरु

स्ट्रेट अफ हर्मुज हुँदै यात्रा गरिरहेको सिंगापुरको झण्डावाहक कन्टेनर जहाज GFS Pride क्षतिग्रस्त भएपछि डुबेको छ। जहाजमा रहेका सबै २१…

श्रीलङ्काली आप्रवासी कामदार अनोजन सिवारासाको मृत्युदण्ड खारेज, रिहाइबारे भने अझै स्पष्टता छैन रियाद/कोलम्बो, १४ अक्टोबर। साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा…

भारतीय गृहमन्त्री अमित शाह र नेपाली गृहमन्त्री सुधन गुरुङबीच नयाँदिल्लीमा भेटवार्ता बिम्स्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गुरुङको सहभागिता,…

प्रतिकृयाहरू
...