Tuesday 12th August 2025

महामारीपछि साउदीबाट ४६ हजार नेपाली फर्किए


तितोपाटी- साउदी अरेबियामा कोभिड १९ को असर तथा विभिन्न कारणले अलपत्र परेका ४६ हजार नेपाली स्वदेश फिर्ता भएका छन् ।

कोरोना महामारी सुरु भएसँगै स्वदेश फर्कन थालेका उनीहरु पछिल्लो समय नेपाल फर्किने क्रम बढ्दो छ । दैनिक रूपमा नेपालीहरु नेपाल एरलाइन्स, हिमाल एरलाइन्स, एयर अरेबिया, फ्लाइ दुबइ, अलजजीरा तथा सलाम एरलाइन्स गरी चार्टर्ड उडानद्वारा स्वदेश फर्किएका हुन् ।

हालसम्म ४६ हजार १ सय ३५ नेपाली स्वदेश फिर्ता भइसकेका छन् । साउदीस्थित नेपाली दूतावास रियाद तथा वाणिज्य दूतावासको सहयोगार्थ साउदी सरकारले हालसम्म कम्पनीमा कार्यरत रहँदा साथै भिषा नविकरण नगरेका २ हजार ४२ जना नेपालीलाई वहिर्गमन भिषा उपलब्ध गराएको छ।

दूतावासले साउदीमा कार्यरत नेपालीको पासपोर्ट नविकरणका लागि आफ्नो फेसबुक पेजमार्फत आवश्यक बिवरण सहित अनलाईन फारमको व्यवस्था गरेको छ भने पासपोर्टको नविकरणका लागि आवश्यक कागज संकलनको सहजीकरणका लागि साउदीका विभिन्न शहरमा अस्थायी कार्यालयको समेत व्यवस्था गरेको छ। साथै विभिन्न कारणले मृत्यु भएका ४२ शव अझै नेपाल पठाउने तयारी गरिएको छ ।

रियादस्थित दूतावासका अनुसार हालसम्म १ सय १३ नेपालीको कोरोनाका कारण मृत्यु भएको छ । कोरोनाभाइरसबाट हालसम्म साउदीमा कुल ५ लाख २६ हजार ८ सय १४ जना संक्रमित हुनुका साथै ८ हजार २ सय ४९ जनाको मृत्यु भएको छ । तर ५ लाख २६ हजार ८ सय १४ जना निको भएका छन्। साभार अन्नपूर्णपोस्टबाट


सम्बन्धित शीर्षकहरु

सिन्धु सन्धिको बारेमा, असीम मुनिरले भने कि पाकिस्तानले भारतले बाँध निर्माण गर्न पर्खनेछ र जब यसले बनाउँछ, "हामी यसलाई १०…

गुलाम नवी मन्सुर/ कुवेत- अनुमानित एक लाख पचपन्न हजार नेपालीहरू आज कुवेतमा परिश्रमरत छन् । स्वदेशको माटो छाडेर, सपनाहरू काँधमा…

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विदेशी मिडियालाई बताएअनुसार इजरायलले गाजा शहर कब्जा गर्ने हालै स्वीकृत सैन्य योजनाको एक भागको रूपमा गाजा कब्जा…

प्रतिकृयाहरू
...