Thursday 25th June 2026

आफन्तका प्रेम र सृङ्गार रसका पाँच पञ्चाङ्ग


“पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”

……………………………..

फूल कोपिला पात डाली मन पर्‍यो
सानु तिम्रा कानका बाली मन पर्‍यो
सौन्दर्यता भेट्छ्यौ आँफै एेनामा हेर
ती आँखा परेलीका काली मन पर्‍यो
सारा बगान् सम्हाल्ने माली मन पर्‍यो ।।१।।

मेहन्दी रङ्गले, हातमा मेरै नाम लेखिछौ
साउन महिना मनमा चारै धाम लेखिछौ
ब्रत बस्छ्यौ हर सोमबार चाहेको पुगोस
दाहिनेमा चन्द्रमा र देब्रेमा घाम लेखिछौ
हेर झनै सुवाएको जहाँ श्रीराम लेखिछौ।।२।।

यसपाली त रातो सारीमा देख्ने मन छ
त्यै शिवालय पछाडी एक्लै भेट्ने मन छ
भूल्यौ तिमी नाच्दा म सर्माएको त्यो तिजमा
उम्कनै दिन्न अब त बाटो छेक्ने मन छ
तिम्रा सुन्दरतामा पञ्चाङ्ग लेख्ने मन छ ।।३।।

मनका कैयौं बातहरु अझै अधुरा छन् सानु
केही चाहनाका मीठा बहाना अपुरा छन् सानु
आँट बटुली आज तगारोमै रोक्न आएको छु
भनन किन हो तिम्रा मुस्कान मधुरा छन् सानु
मलाई त भन त्यो मन भित्र के कुरा छन् सानु ।।४।।

भन्छन् उमेर सङ्गै ढल्किजान्छ जवानी पनि
त्यस पछी कसले सुन्ला हाम्रै कहानी पनि
सम्हाल भन्छु अझै कि त मलाई सुम्पे हुन्छ
आउ बनाऔं हाम्रा हर्, सफर सुहानी पनि
सुर्योदय बिना के गर्नु र, ती बिहानी पनि ।।५।।

 

-श्रीभक्त पौडेल’आफन्त’
स्पेन


सम्बन्धित शीर्षकहरु

भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प र २० भन्दा बढी परकम्पपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण…

लेबनानले १२८ जना सिरियाली दोषी ठहरिएका कैदीहरूलाई उनीहरूको स्वदेश सिरियामा हस्तान्तरण गरेको एक लेबनानी सुरक्षा स्रोतले बुधबार एएफपीलाई जनाएको छ।…

अमेरिकी राष्ट्रपति Donald Trump को महत्वाकांक्षी परियोजनाका रूपमा हेरिएको ‘गोल्डेन डोम’ मिसाइल प्रतिरक्षा प्रणालीले आफ्नो पहिलो लाइभ इन्टरसेप्ट परीक्षण सफलतापूर्वक…

प्रतिकृयाहरू
...