Monday 13th October 2025

कृष्ण के.सी. को शिव भजन “सुसेली”


मित्र सज्जन
आऊ मिली गाउन
शिव भजन

चित्त बुज्दछ
सोमबार सवैले
शिव पुज्दछ

श्रद्धा भक्तिमा
अती ठूलो तागत
शिव शक्तिमा

सबै झुकेर
शिवको आराधना
शंख फुकेर

दैवी शक्तिले
मन शान्ति मिल्नेछ
शिव भक्तिले

गरौं मन्थन
शिवलाई चढाउँ
रक्त चन्दन

सबै मित्रले
शिवको आराधना
बेल पत्रले

शिव शंकर
तिमीलाई सम्झेर
आयौँ भर्खर

शिव पार्वती
देव देवी पुज्नलै
छैन आपत्ति

पुजा गरियो
सोम बार साउन
सबै हरियो

तिम्राे साथले
कल्याण गर्नेछन
भोलेनाथले

देवादी देव
सबैको देव तिमी
हौ महादेव

बाघ छालामा
त्रिशूल र डमरु
तिम्राे हातमा

पर्यौं शरण
हे हे शिव शंकर
रक्षा गरन

कृष्ण के.सी.
गोङ्गबु, काठमाडौं।


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...