Thursday 8th October 2026

कृष्ण के.सी. को शिव भजन “सुसेली”


मित्र सज्जन
आऊ मिली गाउन
शिव भजन

चित्त बुज्दछ
सोमबार सवैले
शिव पुज्दछ

श्रद्धा भक्तिमा
अती ठूलो तागत
शिव शक्तिमा

सबै झुकेर
शिवको आराधना
शंख फुकेर

दैवी शक्तिले
मन शान्ति मिल्नेछ
शिव भक्तिले

गरौं मन्थन
शिवलाई चढाउँ
रक्त चन्दन

सबै मित्रले
शिवको आराधना
बेल पत्रले

शिव शंकर
तिमीलाई सम्झेर
आयौँ भर्खर

शिव पार्वती
देव देवी पुज्नलै
छैन आपत्ति

पुजा गरियो
सोम बार साउन
सबै हरियो

तिम्राे साथले
कल्याण गर्नेछन
भोलेनाथले

देवादी देव
सबैको देव तिमी
हौ महादेव

बाघ छालामा
त्रिशूल र डमरु
तिम्राे हातमा

पर्यौं शरण
हे हे शिव शंकर
रक्षा गरन

कृष्ण के.सी.
गोङ्गबु, काठमाडौं।


सम्बन्धित शीर्षकहरु

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

प्रतिकृयाहरू
...