Wednesday 21st January 2026

तस्बिरमा लेखिएका ४९ स्रष्टाका उदकहरू


तीतोपाटी – उदक अभ्यास अन्तर्गत हरेक हप्ताको शनिबार जस्तै यस हप्ता पनि आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्बिरअनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ५ः०० बजेसम्म आफ्नो नाम र ठेगाना सहित उदक लेख्नु हुन हार्दिक अनुरोध गरिएकोमा जम्मा ४९ जना स्रष्टाहरूको उदक प्राप्त भएको छ । प्रशिक्षक श्री आर्त अकुलीनले सहभागी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

उदक अभ्यास : भाग ९
लेख्नुपर्ने उदक सङ्ख्या : १
प्रशिक्षक : आर्त अकुलीन
मिति : २०७८-०४-०९ गते शनिवार
सहभागी सङ्ख्या : ४९ जना


पुतली
फूलवारीको रानी
फुरफुर गर्ने बानी !
✍️ पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, पनौती-३, काभ्रे

 

 


प्रकृति
फुरफुर पुतली
झुसिलकिरा तुक्ष्छ जवानी !
✍️ सविता के.सी., काठमाडौँ

 

 


पुतली
गोधूलि साँझ
कति रमणीय प्रकृति !
✍️ पशपती राई ,खोटाङ

 

 


गोधूलि
प्रेमालाप पुतली
प्रकृतिको विचित्र छटा !
✍️ हिमाल अम्मै, घो.न.पा.-१०, पहलमानपुर, कैलाली

 

 


डालिमा
प्रेमी पुतली
प्राकृतिक सौर्न्दर्य लालीमा !
✍️ मन्जु बस्नेत, खोटाङ, हाल : भक्तपुर

 

 


उषा
मिरमिरेको घाम
आनन्दित जीवन जगत !
✍️ राजाराम रत्गैंया, अमौरा, कैलाली

 

 


लालीमा
फुरफुर गर्दै
पुतली बस्छिन् डालीमा !
✍️ सरस्वती श्रेष्ठ, इटहरी

 

 


फूलवारी
प्रेममय पुतली
सुन्दर मनमोहक दृश्य !
✍️ रामसुन्दर थारु, कैलाली

 

 


बिम्ब
सजीव जीवन
एक जाेडा पुतली !
✍️ राेशन पराजुली,धरान

 

 

१०
प्रभात
सूर्य उदय
आहा प्राकृतिक आनन्दमय !
✍️ बादल गुरुङ वियोगी, चिचिला-१, बर्खे, संखुवासभा

 

 

११
पुतली
पराग सेचन
प्राकृतिक जीवन चक्र !
✍️ हेमराज चौधरी, कैलाली

 

 

१२
हाँगामा
जोडी पुतली
क्षितिज सौन्दर्यको लालिमा !
✍️ समुन्द्रा शर्मा, सुनसरी

 

 

१३
प्रकृतिसँग
डालीमा रमेका
सुन्दर दुई पुतलीहरू !
✍️ सोमनाथ लुइटेल ‘रवि पाल्पाली’

 

 

१४
भानुदय
पुतलीकाे शीर्षमा
हरियो हरियो डालीमा !
✍️ खड्गबहादुर गुरुङ, कैलाली

 

 

१५
प्रकृति
सबै जीवको
एक सुन्दर भकारी !
✍️ हृदय लेकाली, भैरहवा

 

 

१६
किटपतङ्ग
शुभारम्भ बिहानी
सदा प्रकृतिसँग रमाउने !
✍️ होमप्रसाद नेउपाने, धरान, सुनसरी

 

 

१७
रवि
गाेधूलि साँझ
चुम्बन प्रकृति माझ ।
✍️ इन्दिरा ज्ञवाली पौडेल, पाल्पा

 

 

१८
प्राकृतिक
मनोरम दृश्य
सूर्यास्त डालीमा पुतली !
✍️ रिता खराल, रुपन्देही

 

 

१९
प्रभात
हटाई रात
नौलो दिनको सुरुआत !
✍️ रोहिणी तिमसिना, भारत

 

 

२०
पुतली
बिहानीको उज्यालो
रम्दै फूलको डालीमा !
✍️ खेमराज पुरी, कैलाली

 

 

२१
निशानी
संरक्षणको खोजीमा
ईश्वरीय मायाजालको उदाहरण !
✍️ ईश्वरी अधिकारी, लमजुङ

 

 

२२
डाली
माया गाँस्दै
पुतली रमणीय वातावरण !
✍️ नारायण कोइराला, तानसेन, पाल्पा, हाल : यूएई

 

 

२३
सन्ध्या
पुतली जोडी
सुस्ताउँदै आकाश ओढी !
✍️ वसन्त अनुभव, घोराही उपमहानगरपालिका-१४, दाङ

 

 

२४
प्रकृति
सुर्यको लालीमा
जोडा पुतली डालीमा !
✍️ नारायणप्रसाद उपाध्याय, कैलाली

 

 

२५
अनुपम
साैर्य आभा
पुतलीको सुन्दर संसार !
✍️ सुधा बाँस्कोटा ढकाल, काठमाडौं

 

 

२६
पुतली
गुलाफको फूल
प्रशन्न मुद्रा अचम्म !
✍️ रामकृष्ण दुवाडी, पोखरा

 

 

२७
घाम
शुभ साम
नित्य कर्म धाम !

श्रीनगर
तानसेन पाल्पा
पुष्कर अथक रेग्मी !

 

 

२८
सुन्दर
पातमा पुतली
दृश्य शान्त मनोहर !
✍️ बिके माकजू, भक्तपुर

 

 

२९.
पुतली
सुन्दर फुलबारीमा
सुगन्ध चुमेर रमाउँदै।
✍️ अञ्जिता राउत, नेचा सल्यान-५, सोलुखुम्बु

 

३०
भानु
मुस्कुराउँदै आयो
पुतली खेल्दै रमाउदै !
✍️ कृष्ण दास जोशी, मेरिल्याण्ड, अमेरिका

 

 

३१
बिहानी
सूर्यको प्रकाश
शुभ दिन सबैको !
✍️ ओमप्रकाश मदुवा, कैलाली

 

 

३२
सूर्योदय
पुतलीको राज
बिहानी काम काज !
✍️ मधुसुदन प्रसाद घिमिरे, काठमाडौँ

 

 

३३
सूर्य
लिन जादैछ
सुनौलो किरण भोलिलाई !
✍️ रेशम अर्याल, स्याङ्जा

 

 

३४
जाग
प्रिय सखी
उदायो क्षितिजमा रवि !
✍️ टीकाराम जाेशी, कैलाली

 

 

३५
गोधूलि
साँझको बेला
जोडी पुतली पातमा !
✍️ घनश्याम पौडेल, पोखरा

 

 

३६
साैन्दर्य
सूर्यको किरण
पुतली डुल्ने संसार
✍️ रामराजा के. सी., फर्पिङ, काठमाडौँ

 

 

३७
भाष्कर
जब निस्कियो
पुतली डालिमा पुग्यो !
✍️ मङ्गला उपाध्याय, कलैया-१, बारा

 

 

३८
साँझ
सुस्ताउँदै पुतली
खुल्ला आकाशमा जोडी !
✍️ टीकाराम पुन, छत्रेश्वरी-२, सल्यान

 

 

३९
गोधूलि
सुनौलो साँझ
पातमा पुतली बिराज !
✍️ सरस्वती श्रेष्ठ, बुटवल, रुपन्देही

 

 

४०
पुतली
हरियो पातमा
फरर पङ्ख फिजाउँदै !
✍️ चक्र शाही, कैलाली

 

 

४१
गोधूलि
पुतली क्रीडा
प्रकृति जीव सम्बन्ध !
✍️ रामचन्द्र ढकाल, चितवन

 

 

४२
सूर्य
पूर्वको लाली
पुतली रमेको डाली !
✍️ कविता आचार्य, कैलाली

 

 

४३
पुतली
बसेको डालीमा
उषा किरण लालीमा !
✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली

 

 

४४
पातमा
सूर्यको किरण
सुन्दर पुतलीको साथमा !
✍️ विजया घिमिरे, जनकपुर

 

 

४५
प्रकृति
बिहानी समय
अनुपम सौन्दर्यको आकृति !
✍️ आर्त अकुलीन, कैलाली

 

 

४६
पुतली
चाहारी डाली
किरणमा वातावरण रखवाली !
✍️ कमला देवकोटा, पाल्पा

 

 

४७
पिरति
साटेर पातमा
रमाउँदै जोडी पुतली
✍️ सावित्रा अधिकारी, काठमाडौँ

 

 

४८
घाम
बिहानीमा उदायो
रक्तिम किरण छर्दै !
✍️ राजकुमार राजभण्डारी, मध्यपुर ठिमी-५, भक्तपुर

 

 

४९
उदाउँछ
घाम क्षितिजमा
पुतली बस्छन् फूलमा !
✍️ पुष्पा सायरा, बिराटनगर


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...