Wednesday 14th October 2026

इन्दिरा ज्ञवाली पौडेलको गजल संग्रह – १


गजल
###
मुटुभरि सजाई राखे मेरो माया, आउँला कुनै दिन ।
गाडी चढी मिठा वात गर्दै घुम्न जाउँला कुनै दिन ।

सम्झी बसे यतै हेरे, पक्कै आउँछु म त एक दिन
दिव्य क्षण दुई मुटु एक हुन पाउँला कुनै दिन ।

दिन रात गगनभरि सयौं जहाज उड्छन् हेर कति
पर्खी बस दुःख सुख बाडी चुडी खाउँला कुनै दिन ।

भित्र बाहिर गर्दा पनि औंसी जस्तो रात हुन्छ किन
बेशी झरी माया प्रिती लाएका गीत गाउँला कुनै दिन ।

फोन गर वात गरी बसौं हिड्छु म त छैन धेरै दिन
एक होइन सयौं सयौं जुनी माया लाउँला कुनै दिन ।

 

इन्दिरा ज्ञवाली पौडेल
तानसेन पाल्पा


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...