Tuesday 20th January 2026

इन्दिरा ज्ञवाली पौडेलको गजल संग्रह – १


गजल
###
मुटुभरि सजाई राखे मेरो माया, आउँला कुनै दिन ।
गाडी चढी मिठा वात गर्दै घुम्न जाउँला कुनै दिन ।

सम्झी बसे यतै हेरे, पक्कै आउँछु म त एक दिन
दिव्य क्षण दुई मुटु एक हुन पाउँला कुनै दिन ।

दिन रात गगनभरि सयौं जहाज उड्छन् हेर कति
पर्खी बस दुःख सुख बाडी चुडी खाउँला कुनै दिन ।

भित्र बाहिर गर्दा पनि औंसी जस्तो रात हुन्छ किन
बेशी झरी माया प्रिती लाएका गीत गाउँला कुनै दिन ।

फोन गर वात गरी बसौं हिड्छु म त छैन धेरै दिन
एक होइन सयौं सयौं जुनी माया लाउँला कुनै दिन ।

 

इन्दिरा ज्ञवाली पौडेल
तानसेन पाल्पा


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...