Monday 10th August 2026

बनेपामा बस दुर्घटना हुँदा बसमा यात्रारत २८ यात्रु घाइते


तितोपाटी –  बनेपाको बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ साफिनो सामुदायिक वनको जंगलमा आज बिहान यात्रुबाहक बस पल्टिँदा २८ जना घाइते भएका छन् ।

भकुण्डेबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भई सडकबाट ३० मिटर तल खोल्सामा खस्दा २८ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए ।

खड्काका अनुसार घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

चीनको बोहाइ सागरस्थित बोझोङ १९-६ ग्यास क्षेत्रको पहिलो चरण पूर्ण रूपमा सञ्चालनमा आएको छ। यो चीनको पहिलो १०० अर्ब घनमिटरभन्दा…

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो जाँदा प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। प्रहरीका अनुसार काभ्रे, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम…

प्रधानमन्त्री बालेन शाहले सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग एक्लाएक्लै भेटवार्ता गरेका छन्। भेटमा…

प्रतिकृयाहरू
...