Saturday 2nd August 2025

बनेपामा बस दुर्घटना हुँदा बसमा यात्रारत २८ यात्रु घाइते


तितोपाटी –  बनेपाको बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ साफिनो सामुदायिक वनको जंगलमा आज बिहान यात्रुबाहक बस पल्टिँदा २८ जना घाइते भएका छन् ।

भकुण्डेबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भई सडकबाट ३० मिटर तल खोल्सामा खस्दा २८ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए ।

खड्काका अनुसार घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ कुवेतले यहि अगस्त ४ तारिक नवौं महाधिवेशन गर्ने भएको छ। एन आर एन ए केन्द्र नै फुटेर…

तितोपाटी -पाल्पामा क्रियाशील ७ राजनीतिक दलले सरकारलाई पत्र मार्फत ध्यानाकर्षण गराएका छन। जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत बढ्दो महंगी, भ्रस्टाचार…

कुवेत शहर, जुलाई ३१ एक ठूलो कारबाहीमा, कुवेतको आपराधिक सुरक्षा क्षेत्रले, जसको प्रतिनिधित्व सामान्य लागूऔषध नियन्त्रण विभाग ( GDDC )…

प्रतिकृयाहरू
...