Friday 21st August 2026

मिलन के.सी.(थापा)को झरना “तिमीलाई सन्देश”


“झरदेखि झरनासम्म ,हाम्रो यात्रा सागरसम्म”

झरना = दश झर

१. बुझ्नु सानो थिए त सबै खोज्छ्न् हिँडाउन
ठूलो भए सब खोज्छ्न लडाउन ।

२ . कहाँ छ यहाँ बालअधिकार
कतै हत्या त कतै बलात्कार ।

३. कयौं खुट्किला पार गर्दै
अनन्त यात्रा हिड्नुछ तर्दै।

४. बाबु तिमी सधैं बन्नु असल
बाधा अबरोधमा पनि नबन्नु कमसल ।

५. सन्तानको खुसीले शिखर चुम्छ
तिम्रो प्रगतिमा आत्मा खुसी हुन्छ ।

६. संस्कार सिक्दै समयमा चल्नु
राम्रो नराम्रो पहिल्याई अघि बढ्नु ।

७. सधैं राम्रो गर्दै जानु राख्नु ठूलो मन
बुबा-आमालाई सन्तान राम्रो देख्नु ठूलो धन ।

८. तिमीलाई सधैं आशिर्वाद अपार
दु:खमा बुबा-आमा अलपत्र नपार ।

९. बुझ्नेछौं पक्कै उनको मनको घाउ
हँसाई तिमिले मलमपट्टी लाऊ ।

१०. असल बनी आँखामा अटाऊ
वृद्धअवस्थामा आश्रम नपठाऊ।

 

🖋️मिलन के.सी.(थापा)
पोखरा


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

अमेरिकाले कतारलाई करिब ४.५ अर्ब अमेरिकी डलर बराबरको सैन्य सम्झौता स्वीकृत गरेको छ। प्रस्तावित सम्झौताअन्तर्गत कतारले चारवटासम्म Boeing KC-46A Pegasus…

टर्कीले सिरियाभित्र आफ्नो सैन्य उपस्थिति थप विस्तार गरिरहेको क्षेत्रीय रिपोर्टहरूले जनाएका छन्। पछिल्ला दिनहरूमा टर्कीबाट सिरियातर्फ थप बख्तरबन्द गाडी तथा…

प्रतिकृयाहरू
...