Wednesday 29th April 2026

तीन मुक्तक -शिव कुमार रेग्मी


च्वास्स बिझ्ने शब्द बचन सङ्गै रोए ।
अचम्मै भयो दिलको चोट सङ्गै रोए ।
सुन्ने कोही निस्केन चित्कार मेरो त्यहाँ,
एक्लै बसेर एकान्त रात सङ्गै रोए ।

सत्य पनि सबै भागी गयो ।
अधर्मीको पछि लागि गयो ।
गरीबको पुकार सुन्ने नी कस्ले,
संसार नै लाचार भएर गयो ।

सुकेको पात बनेको छु झरेको छैन् ।
दु:ख-बेहालमा परेको छु मरेको छैन् ।
इश्वर होईन सानो गल्ती होला मेरो नी,
तर तिमीले झै जानी-जानी गरेको छैन ।

-शिव कुमार रेग्मी
पोखराथोक, पाल्पा


सम्बन्धित शीर्षकहरु

विश्वको प्रमुख तेल उत्पादक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)ले आगामी मे १ देखि ‘ओपेक’ र ‘ओपेक प्लस’ दुवै संगठनबाट बाहिरिने…

जेनजी मुभमेन्ट नेपालले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाउँदै प्रस्तुत अध्यादेश अस्वीकृत गर्न आग्रह गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहले राष्ट्रपति…

तितोपाटी-  नेपाली कांग्रेसका एक समूहले  धुम्बाराहीको स्मार्ट होटलमा भेला आयोजना गर्यो । देउवा पक्षीय नेताको उक्त  भेलामा समसामयिक घटनाक्रमको ब्रिफिङ…

प्रतिकृयाहरू
...