Wednesday 29th April 2026

नेपाल र आसामका स्रष्टा बिच भानु काव्य वाचन


नारायण कोइराला – २७ असारका दिन नेपाल बाल साहित्य बिकास मन्च नेपाल र शीत काव्य समाज नेपालको संयुक्त आयोजनामा नेपाल र आसामका स्रष्टा बिच कविता वाचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेकी दार्जिलिङका बरिष्ठ साहित्यकार डा. गीता क्षेत्रीले भानुभक्त , नेपाली भाषा र दार्जिलिङको सम्बन्ध माथि प्रकाश पार्दै भानुभक्त नेपाली भाषाको एकताको प्रतीक रहेको बताइन् ।
बिशिस्ट अतिथि पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले भानुभक्त ,पाल्पा र भानुका बिबिध आयाम माथि प्रकाश पारे भने शीत काव्य समाज नेपालका अध्यक्ष एवं कार्यक्रमका समन्वयकर्ता पुष्कर अथक रेग्मीले दुई देश बिचका स्रष्टाहरू बिच मित्रता रहोस , भानुको महिमा व्यापिकरण गरौ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउदै शीत उपविधालाई व्यापिकरण गर्न अनुरोध गरे ।
कार्यक्रममा आसामबाट साहित्यकारहरू इन्दिरा गौतम, प्रकाश कुईकेल, मिलन बोहरा, सिर्जना अधिकारी , ज्योति हुमागाइ ,बिनिता उपाध्यक्ष र दुलुमनि उपाध्यक्षले कविता वाचन गरेका थिए भने कविता वाचनमा नेपालको तर्फबाट बिशिस्ट अतथि डा. यादेवी आचार्य,लक्ष्मी प्रसाद मिस्र, गंगा लिगल, द्वारिका कुइकेल, अम्बिका आचार्य ,कृष्ण के सी, भोजराज भट्टराई ,इन्दिरा ज्ञवाली आदिको सहभागीता रहेको थियो ।
कार्यक्रम बाल साहित्य विकास मन्च नेपालकी अध्यक्ष एवं शीत साहित्य समाज नेपालकी उपाध्यक्ष सीता बिष्ट कार्की सीबिकाको अध्यक्ष्यता र सचिव दामोदर ढकाल दिपकको संचालनमा सम्पन्न भएको थियो ।


सम्बन्धित शीर्षकहरु

विश्वको प्रमुख तेल उत्पादक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)ले आगामी मे १ देखि ‘ओपेक’ र ‘ओपेक प्लस’ दुवै संगठनबाट बाहिरिने…

जेनजी मुभमेन्ट नेपालले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाउँदै प्रस्तुत अध्यादेश अस्वीकृत गर्न आग्रह गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहले राष्ट्रपति…

तितोपाटी-  नेपाली कांग्रेसका एक समूहले  धुम्बाराहीको स्मार्ट होटलमा भेला आयोजना गर्यो । देउवा पक्षीय नेताको उक्त  भेलामा समसामयिक घटनाक्रमको ब्रिफिङ…

प्रतिकृयाहरू
...