Saturday 25th April 2026

ढिक्री र चिच्चर तराईको एक प्रमुख थारु मौलिक परिकार


तीतोपाटी डटकम-ढिक्री र चिच्चर तराईको एक प्रमुख थारु मौलिक परिकार मानिन्छ । पछिल्लो समय यी मौलिक खानाहरूको चर्चा निकै चुलिएको छ।स्वास्थ्यबर्द्धक र बनाउन पनि सहज भएका कारण यी खानाहरू धेरैको रोजाइमा परेका छन् । शहरका राम्रा–राम्रा रेस्टुराँहरूको मेनुमा ढिक्री र चिच्चर पाउन सकिन्छ ।

ढिक्री बनाउन चाहिने सामग्री :

चामलको पिठो आधा केजी, मनतातो पानी आवश्यकता अनुसार, नेपाली घ्यू १ चम्चा (अतिरिक्त), काचो गोलभेडाको अचार वा बयरको अचार ।

ढिक्री बनाउने तरिका :

चामलको पिठो, घ्यू र मनतातो पानी हालेर मुछ्ने र आधा घण्टा रेस्ट गराउने । स्टिमरमा पानी हालेर उमाल्न शुरू गर्ने र पहिला मुछेर राखेको चामलको पिठोलाई सानो–सानो साइजमा काटेर फिङ्गर आकारमा लाम्चो–लाम्चो बनाउने ।

सबै बनाइसकेपछि तातेको पानीमा स्टिम गरेर १०–१२ मिनेट पकाउने र अचारसँग तातो–तातो सर्भ गर्ने । तराईका थारु जातिको यो एक मौलिक खाना हो, जुन माघे संक्रान्ति पर्वमा खाने गरिन्छ । बयरको अचार वा टमाटरको अचारसँग साह्रै स्वादिष्ट हुन्छ ।

चिच्चर बनाउन चाहिने सामग्री :

अनादीको चामल १/२ केजी, पानी आवश्यकता अनुसार (झण्डै २ लिटर), पानी उमाल्ने कसेउडी १ पिस, चिच्चर बनाउने पिँधमा प्वाल भएको माटोको भाडो १ पिस, बासको म्याट १ पिस, केराको पात १ पिस ।

चिच्चर बनाउने विधि :

अनादीको चामललाई राम्ररी पखालेर एक साइडमा राख्ने । कसेउडीमा पानी हालेर उमाल्ने । चिच्चर बनाउने माटोको भाडोको पिँधमा बाँसको म्याट राखेर पखालेको चामल खन्याउने । राम्ररी टाइट गरेर कभर गरी उम्लेको पानीमाथि बसालेर, बफ्याएर पकाउने र बीचबीचमा बिर्काे खोलेर चलाउने गर्नुपर्छ ।

अन्त्यमा केराको पातमा ठिक्कठिक्क भाग लगाएर बेर्ने र गोलो पोको बनाई केराको सुतीले बाँध्ने । सबै बाँधेका डल्लाहरूलाई आगोको भुंग्रोमा राखेर केहीबेर पकाउने र सर्भ गर्ने । चिच्चर अचार, तरकारी, मासुसँग वा त्यतिकै खान पनि स्वादिष्ट हुन्छ ।

#दि सोल्टी काठ​मान्डौमा ‘सुसेफ’को रूपमा कार्यरत बुढाथोकी पाककला र सन्तुलित आहारका विषयमा कलम चलाउँछन्।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन बमोजिम प्रहरीले देशभरका सुकुम्बासी बस्तीहरुमा डोजर चलाउने तयारी गरेको छ । आज साँझ काठमाडौंको थापाथली स्थित…

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

प्रतिकृयाहरू
...