Tuesday 20th January 2026

वैद्यनाथ ठाकुरको झरना – ३


“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”

वर्गीय समाजमा वर्गीय माया हुन्छ
वर्गीय घृणा तथा वर्गीय छाया हुन्छ ।। १ ।।

सबैको प्रिय हुन कहिल्यै सकिँदैन
सबैको मुटु छुन कहिल्यै सकिँदैन ।। २ ।।

बाख्रा बाघ एउटै हुनै सक्दैन
जेठ माघ एउटै हुनै सक्दैन ।। ३ ।।

वर्ग समन्वय शोषकको चाल हो
महल समृद्ध झुपडी कंगाल हो ।। ४ ।।

कोही हुने कोही नहुने होइन समानता
बराबरी भाग कहिले लगाउँदैन समता ।। ५ ।।

ठगेर झुपडीको भाग खान्छ महलले
आफूलाई भाग्यशाली ठान्छ महलले ।। ६ ।।

सितिमिति बुझिदैन शोषकको जाल
धर्म संस्कृतिको नाममा पार्छ कंगाल ।। ७ ।।

विकृतिलाई संस्कृति ठान्छन्
स्वर्ग नर्क भाग्य पूर्वजन्म मान्छन् ।। ८ ।।

विज्ञानको तथ्यले गर्दैनन् ज्ञानमा सुधार
धार्मिक अन्धविश्वास दिन्छन् उपहार ।। ९ ।।

चन्दा दान पूजाले पाप काट्न खोज छ
भ्रष्टाचारको रुपैयाँले जीवनभर मोज छ ।। १० ।।

वैद्यनाथ ठाकुर
वीरगन्ज


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...