Tuesday 20th January 2026

कविताः “अमुल्य मोती उही भानु” -गंगा लिगल


आध्यात्मिकता
जीवनको अमुल्य मोती हो
जसले जीवनमा परम सन्तुष्टि
प्रदान गर्दछ
यो अपार आनन्दको
सागर हो
जस्मा डुब्लुकी मार्दा
आत्मामा शुद्धताका साथै
अद्वितीय कृतिको पनि
मुहान  खुल्न जान्छ ।

भानु जन्मे पृथ्वीमा
अनि
प्रत्येक नेपाली जनमानसमा
आध्यात्मिकताको सागुरो बाटोलाई
बिशालता तिर
डोहर्याएर,
अनि
आध्यात्मिक रामायण
नेपाली मात्रको
केन्द्र बिन्दुको
रूपमा
बन्न पुग्यो ।

भने रामायण नायक राममा ,
उनले शक्ति, शील र सौन्दर्यले
ओतप्रोत गरे
जसले गर्दा
राम लोक नायक बन्न
सफल भए ।

सीताको गुण, लक्ष्मण चरित्र
अत्यन्तै सारगर्भित
एक आदर्श नारीको
एक अमुल्य गणनामा
सुभाशीत हुन पुग्यो
यो एक आकर्षणको
माध्यम हो ।

लक्ष्मणमा भातृ प्रेमले
ओतप्रोत गराई
सम्पुर्ण  सस्कार, मान्यता
आदर्शताको
सीमा भित्र रामायणलाई
गौरव गाथाको
सिढीमा राख्न सफल हुमु
भनेको
गरिमामय कदमको
पहिलो स्थान हो ।

पराकाष्ठाको रुपमा
जन समक्ष
सर्बोच्च रूपमा पनि
प्रष्ट भएको छ
“अमुल्य मोती
उही भानु
उही भानु
अमुल्य मोती
उही भानु ।”

-गंगा लिगल
भैरहवा ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...