बाटो भत्किँदा
###
लक्ष्य यात्रामा हिँडदा हिँडदै बाटो भत्किदिँदा
सपनाको महल बनाउन खोज्दा जमिन भासिदा
छाङ्गाबाट खसेछु खोलाको वगरमा पछारिएछु ।
धुजा भएको मुटु फेरि जोड्न खोज्दा
छातिमा बलेको अगो निभाउन खोज्दा
शुन्यतामा आज म एक्लै पागल भएछु ।
आशाको दियो हुरिवतासले निभाउँदा
आँखा वरिपरि सवैतिर अँध्यारो छाउदा
स्पन्दनरहित म त जिउँदो लास भएछु ।
कांडैकांडामा जिन्दगी मैले जिउनु पर्दा
अव्यक्त तृष्णाले आत्मा छटपटाइरहँदा
कुण्ठित वेदनामा आज मृत्यु पर्खिरहेछु ।