Friday 26th June 2026

शर्मिला श्रेष्ठका उत्कृष्ट पाँच पञ्चाङ्ग (१ पाञ्चायन)


पञ्चाङ्ग
१/
दिनमा भयभित हुदै हुँदिन रात जस्तो
रातमा मात्र तर्साउँन आउँछ हात जस्तो
त्रसित पनि कसरी नहुनु हेर्नुस् हजुर
हाउभाउ एकतमासको हुन्छ मात जस्तो
अनुभूति गराउँछ मलाइ त्यो घात जस्तो।

२/
कहिल्यै बुझ्न कोसिस गरिन भावना तिम्रो
अस्विकारी अपहेलना गरेँ चाहना तिम्रो
तिमी रहेछौ मेरो हितैषी अमूल्य बन्धन
बुझिन मैले आत्मिय रहेछ कामना तिम्रो
असमन्जस छुँ कसरी गरुँ सामना तिम्रो ।

३/
सधैंभरि सत्य नै बोल्नेछु गुनासो नगर्नु
विवरण त्यो तथ्य खोल्नेछु गुनासो नगर्नु
सभ्य साहित्यको परिमार्जन हुनैपर्दछ
कतिपय वाक्य नि मोल्नुछ गुनासो नगर्नु।
अतिनै अपाच्य ति पोल्नुछ गुनासो नगर्नु।

४/
सब मानव हितकारी उत्कृष्ट करण होस्
भुलबस गल्ती भएनी माफीको शरण होस्
अज्ञानतावश हुन्छन् कतिपय गल्तिहरु
महशुस हुँदा क्षमा दिन सक्ने चरण होस्
यो संसारबाट लोभ पाप बिना मरण होस् ।

५/
नेपालीपनको अस्तित्व मौलिक भाखामा छ
पाश्चात्यको नक्कलले सम्बन्धित पाखामा छ
विश्व सामु उजागर गर्नुपर्छ सकेसम्म
नेपाल भूमिको सार्वभौमिकता आँखामा छ
स्वाभिमान अटल आफ्नैपनको शाखामा छ।

शर्मिला श्रेष्ठ,ललितपुर
हालः अमेरिका


सम्बन्धित शीर्षकहरु

कुवेतको लुलु हाइपरमार्केटले आफ्नो खुद्रा व्यापार यात्राको महत्वपूर्ण उपलब्धि हासिल गर्दै बहुप्रतीक्षित २५औँ वार्षिकोत्सव उत्सव सुरु गरेको छ। यस अवसरमा…

भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प र २० भन्दा बढी परकम्पपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण…

लेबनानले १२८ जना सिरियाली दोषी ठहरिएका कैदीहरूलाई उनीहरूको स्वदेश सिरियामा हस्तान्तरण गरेको एक लेबनानी सुरक्षा स्रोतले बुधबार एएफपीलाई जनाएको छ।…

प्रतिकृयाहरू
...