Saturday 22nd August 2026

जगत थापाका पाँच मुक्तकहरू


जगत थापाका पाँच मुक्तकहरू
मुक्तक
###

किन पापी सहर सँग नाता जोडे मैले ।
अन्जानमै गल्ती गरी बाटो मोडे मैले।
हामीलाई नछोड्नु छोरा भन्नु हुन्थ्यो
परदेश आउँदा ति बाआमा छोडे मैले ।


छदैछैन दुई मत पैसा कमाउनु पर्छ ।
कमै भएपनि वचत पैसा कमाउनु पर्छ ।
परदेशमा पैसा कमाउन सजिलो छैन्
बेचेर पसिना रगत पैसा कमाउनु पर्छ ।


यहाँ जताततै महामारी छ म कसरी रोकुँ ।
रोक्नै पर्ने समझदारी छ म कसरी रोकुँ ।
हिजो देखेर आज भाईले पनि सुरु गर्यो
घरमा बासँगै जुहारी छ म कसरी रोकुँ ।


मनमा मायाँ आँखामा पिर उस्तै लाग्छ ।
अझै हेरिरहन्छु तिम्रो तस्बिर उस्तै लाग्छ ।
तिमीले‌ मलाई – छोडेपछि आजभोलि
हिडी रहदा समथल र भिर उस्तै लाग्छ ।


मेरो हैसियतले नसक्ने कुरा कसरी दिउला ।
गर भन्यौ सबै ईच्छा पुरा कसरी दिउला।
आमालाई घडी सम्म दिन सकेको छैन्
तिमी माग्छौ सुनका चुरा कसरी दिउला ।

जगत थापा
बझाङ्ग


सम्बन्धित शीर्षकहरु

खुला मैदानमाथि आकाशमा अचानक देखिएको ठूलो गोलाकार वस्तुले स्थानीय प्रत्यक्षदर्शीलाई आश्चर्यमा पारेको छ। प्रत्यक्षदर्शीका अनुसार धातुजस्तो चम्किलो देखिने उक्त वस्तु…

लेखक David M. Weinberg ले इजरायलले पश्चिम किनारा, गाजा, सिरिया, लेबनान र इरानसँगको पछिल्लो द्वन्द्वबाट सिकेको सुरक्षा रणनीति अब टर्कीप्रति…

राति आकाशतिर हेर्दा हामी हजारौँ तारा चम्किरहेको देख्छौँ। अझ शक्तिशाली टेलिस्कोपले हेर्ने हो भने हाम्रो आँखाले देख्न नसकेका असंख्य आकाशगंगा…

प्रतिकृयाहरू
...