जगत थापाका पाँच मुक्तकहरू
मुक्तक
###
१
किन पापी सहर सँग नाता जोडे मैले ।
अन्जानमै गल्ती गरी बाटो मोडे मैले।
हामीलाई नछोड्नु छोरा भन्नु हुन्थ्यो
परदेश आउँदा ति बाआमा छोडे मैले ।
२
छदैछैन दुई मत पैसा कमाउनु पर्छ ।
कमै भएपनि वचत पैसा कमाउनु पर्छ ।
परदेशमा पैसा कमाउन सजिलो छैन्
बेचेर पसिना रगत पैसा कमाउनु पर्छ ।
३
यहाँ जताततै महामारी छ म कसरी रोकुँ ।
रोक्नै पर्ने समझदारी छ म कसरी रोकुँ ।
हिजो देखेर आज भाईले पनि सुरु गर्यो
घरमा बासँगै जुहारी छ म कसरी रोकुँ ।
४
मनमा मायाँ आँखामा पिर उस्तै लाग्छ ।
अझै हेरिरहन्छु तिम्रो तस्बिर उस्तै लाग्छ ।
तिमीले मलाई – छोडेपछि आजभोलि
हिडी रहदा समथल र भिर उस्तै लाग्छ ।
५
मेरो हैसियतले नसक्ने कुरा कसरी दिउला ।
गर भन्यौ सबै ईच्छा पुरा कसरी दिउला।
आमालाई घडी सम्म दिन सकेको छैन्
तिमी माग्छौ सुनका चुरा कसरी दिउला ।
जगत थापा
बझाङ्ग