Friday 21st August 2026

दीपक मुडभरी “मित्र” को गजल


गजल
###

गजलको माहा-सागरमा,ग को गजलमै सीमित हुने भए म।
चिनाउन खोजेको तिमिलाइ पनी हो,अपरिचित हुने भए म।।

अनुनय बिनय पनि,कहिले सम्म,कतिलाइ,कतिञ्जेल गर्नु
प्रीयमन तिम्रा आनाकानीले न भोक,न त धित हुने भए म।।

साच्चै अधुरै रहने भयो,अतृप्त कलमको,तृप्तीको अभ्यास
तिमी पारी,म वारि,मुना मदनको कारुणिक प्रीत हुने भए म।।

सायद यसरी सोच्यौ ,के लेखी रहनु,भाव एक,गजल अनेक
अधुरा सपनाहरुको चिसो शिरानीमा,कलंकित हुने भए म।।

अनुरोध फेरि पनि,आग्रह फेरि पनी,आशा-बादी छ दीपक
आउ तेल थपौ पानसमा,नत्र अध्याँरोको संगित हुने भए म।।

-दीपक मुडभरी “मित्र”
हेटौंडा ,मकवानपुर
हालः मेरिल्याण्ड,अमेरिका


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

अमेरिकाले कतारलाई करिब ४.५ अर्ब अमेरिकी डलर बराबरको सैन्य सम्झौता स्वीकृत गरेको छ। प्रस्तावित सम्झौताअन्तर्गत कतारले चारवटासम्म Boeing KC-46A Pegasus…

टर्कीले सिरियाभित्र आफ्नो सैन्य उपस्थिति थप विस्तार गरिरहेको क्षेत्रीय रिपोर्टहरूले जनाएका छन्। पछिल्ला दिनहरूमा टर्कीबाट सिरियातर्फ थप बख्तरबन्द गाडी तथा…

प्रतिकृयाहरू
...