Sunday 3rd August 2025

कैलालीमा प्रेमी सँग मिलेर श्रीमतीले गरिन् श्रीमानको हत्या


तितोपाटी – कैलालीको भजनी नगरपालिका वडा नं. ९ भुरुवामा स्थानीय एक महिलाले प्रेमीसँग मिलेर श्रीमान्को हत्या गरेकी छन् ।
वर्ष २६ की निर्मला राजीले वर्ष १८ को प्रेमी दिलिप राजीसँग मिलेर वर्ष ३५ को श्रीमान् नन्दु राजीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए ।
साउन ६ गते राति दिलिप निर्मलासँग उनको घरमा आएको भन्दै गाउँलेले प्रहरीलाई खबर गरेपछि बिहान प्रहरी निर्मलाको घरमा जाँदा दिलिप भागिसकेको र अर्को दिन दिलिपलाई स्थानीय गञ्जुवा प्रहरी चौकीले पक्राउ गरेर ल्याएपछि ७ गते राति अनुसन्धानको क्रममा निर्मला र दिलिप मिलेर नन्दुको हत्या गरेको खुल्न आएको प्रहरी निरीक्षक चन्दले जानकारी दिए।
साउन ४ गते हराएका नन्दु राजीलाई आफूहरूले मारेर बोरामा हालेर नजिकैको प्रतिक्षा सामुदायिक वनमा खाल्डो खनेर गाडेको निर्मला र दिलिपले बताएपछि सो स्थानबाट मृतकको शव निकाली मुचुल्का समेत बनाएर टीकापुर अस्पतालमा पोष्टमार्टम् गरिएको छ । पोष्टमार्टम्पश्चात मङ्गलबार नै आफन्तले शव बुझेर दाहसंस्कार गरिसकेको र हत्यारा दुवैजनालाई मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक चन्दले बताए ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ कुवेतले यहि अगस्त ४ तारिक नवौं महाधिवेशन गर्ने भएको छ। एन आर एन ए केन्द्र नै फुटेर…

तितोपाटी -पाल्पामा क्रियाशील ७ राजनीतिक दलले सरकारलाई पत्र मार्फत ध्यानाकर्षण गराएका छन। जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत बढ्दो महंगी, भ्रस्टाचार…

कुवेत शहर, जुलाई ३१ एक ठूलो कारबाहीमा, कुवेतको आपराधिक सुरक्षा क्षेत्रले, जसको प्रतिनिधित्व सामान्य लागूऔषध नियन्त्रण विभाग ( GDDC )…

प्रतिकृयाहरू
...