Thursday 25th September 2025

वनारसमा बन्धक नेपाली महिला छुटाउन प्रहरी छापा, दलालहरू भाग्न सफल


तितोपाटी – दलालले बन्धक बनाएको नेपाली महिलाको उद्धारका लागि वनारसका एसएसपी आनन्द कुलकर्णीको नेतृत्वमा गएको सुरक्षा बलले घरमा छापा मारेको छ ।

भारतको उत्तरप्रदेश राज्य वनारसस्थित शिवपुर प्रहरी कार्यालय । नेपाली महिला बन्धक बनाइएको घरका मालिक समेत दलाल भएको आरोपमा पक्राउ गरिएकालाई यसै प्रहरी कार्यालयमा मुद्दा दायर गरिएको छ ।

वनारसस्थित नटकनियादाईमा सोमबार राति जयसिंहको घरमा छापा मार्दै दुई महिला तीन पुरुषसहित पाँच जनालाई पक्राउ गरेको छ ।

यस अघि १ सय ५० महिला भने पनि घरका मालिकले ८० जना नेपाली महिला रहेको प्रहरीलाई बताए । छापा मार्नु पूर्व बन्धक बनाइएकी नेपाली महिलालाई दलालले दिल्ली पुराएको आशंका गरिएको एसएसपी कुलकर्णीले बताए ।

पक्राउ गरिएका जयसिंहले दलालका बारे केही महत्वपुर्ण सुराक प्रहरीलाई दिएका छन् । प्रहरीले नेपाली महिला बन्धक बनाइएको घरबाट ल्यापटप र डेस्कटप बरामद गरेको छ । प्रहरीले घरभित्र बरामद गरेको सुत्ने ओछ्यान,जर्किनको पानी, मदिरा र सुकुटी, तरकारी काटेको अवस्थामा फेला पारेको थियो ।

छापा मार्नु पूर्व सुराकी पाएकाले उनीहरु अन्यत्रै सिफ्ट भएको एसएसपी कुलकर्णीले बताए । करिब सय जना सुरक्षाकर्मीले राती एघार बजेदेखि विहान २ बजेसम्म सर्च अप्रेशन गरेका थिए । प्रहरीले केही महत्वपूर्ण सूचना पाएका कारण ती महिलाको उद्धारका लागि सादा पोशाकका प्रहरी परिचालित गरिएको जनाएको छ ।

उनीहरु विरुद्ध कारबाहीका लागि दबाब दिन भारतस्थित नेपाली दूतावास दिल्लीका काउन्सिलर एसएसपी पुरुषोत्तम कँडेल, बर्दियाका प्रहरी नायब उपरीक्षक युवराज खड्का, प्रशासकीय अधिकृत अर्जुन सुवेदी, मधुवन नगरपालिकाका मेयर कृष्ण केसी र बन्धक बनाई घर फर्केकी मधुवन नगरपालिकाका दम्पत्ती पुगेका थिए ।

स्थानीय अधिकारकर्मी राजिव सिंहसहितको टोलीले एसएसपी कुलकर्णीलाई नेपाली महिलाको उद्धारका लागि पहल गर्न आग्रह गरेका थिए । शिवपुरका प्रहरी निरीक्षक विजय कुमारले महिला अन्यत्र स्थान्तरण भएको सुराक थाहा भइसकेकाले चाडै पक्राउ हुने बताए ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

प्रतिकृयाहरू
...