Sunday 11th October 2026

रुपा सुनार घटनामा मानव अधिकार आयोगले सोध्यो शिक्षा मन्त्रीलाई स्पष्टिकरण


तीतोपाटी डटकम -मानव अधिकार आयोगले शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठसँग रुपा सुनार प्रकरणमा स्पष्टिकरण सोधेको छ। मंगलबार कार्यालयमै डाकेर आयोगले उक्त घटनामा श्रेष्ठसँग स्पष्टिकरण लिएको आयोगका आयुक्त सूर्य ढुङ्गेलले जानकारी दिए।

‘रूपा सुनारको घटनामा जुन उहाँ छुटाएर लैजानुभयो। त्यो मावन अधिकारसँग सम्बन्धित विषय भएकाले बुझ्न जरुरी थियो’, ढुङ्गेलले सेतोपाटीसँग भने।मानव अधिकार आयोगले रूपा सुनार प्रकरणको निगरानी गरिरहेको ढुङ्गेलले उल्लेख गरे। ‘त्यो सामाजिक विभेदसँग सम्बन्धित घटना भयो। त्यसमा न्यायीक र कानुनी प्रक्रिया सुरु भइसकेपछि मन्त्रीले झण्डा लिएर जसरी प्रवेश गर्नुभयो। त्यो कानुनको शासन र मानव अधिकार विपरित भयो’, ढुङ्गेलले भने, ‘के दृष्टिकोण छ भनेर बुझ्न बोलाइएको हो।’

मानव अधिकार आयोगले घटनाबारे प्रेस विज्ञप्ती जारी गर्ने तयारी गरिरहेको छ। तर आयोगका अर्का एक आयुक्तले नाम उल्लेख नगर्ने सर्तमा रुपा सुनार प्रकरणमा मन्त्री श्रेष्ठले स्पष्ट शब्दमा माफी नमागेको बताए। ‘उहाँले गल्ती महसुस गरेको जस्तो गर्नुभयो’, ती आयुक्तले सेतोपाटीसँग भने।

आयुक्त ढुङ्गेलले पनि शिक्षा मन्त्रीले कारगेड र झण्डा लिएर जानु गलत भएको ढंगले विचार आयोगमा व्यक्त गरेको बताए। ‘उहाँले गल्ती भएको मसहुस गर्नुभयो’, ढुङ्गेलले भने, ‘रुल अफ लको विषयमा हुनु नपर्ने काम भएको महसुस भयो भन्नुभयो।’

तनहुँकी रुपा सुनारले थरकै आधारमा आफूलाई काठमाडौंको बबरमहलमा घरबेटीले कोठा नदिएको भन्दै सरस्वती प्रधान विरुद्ध उजुरी दिएकी थिइन्। लगत्तै प्रधान पक्राउ परेकी थिइन्।

सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नू भन्दै प्रधानलाई थुना मुक्त गर्न प्रहरीलाई आदेश दिएको थियो। प्रहरीबाट प्रधानलाई छुटाउन असार ९ गते शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ झण्डा सहितको गाडी लिएर अनामनगर स्थित महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए।

सेतोपाटीडटकमबाट


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षापछि आएको भीषण बाढीले बूढीगण्डकी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल…

युक्रेनको दक्षिणी सहर जापोरिझ्झिया (Zaporizhzhia) मा रूसले शनिबार पाँचवटा ग्लाइड बम प्रहार गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ। मृतकमध्ये…

सुडानको ब्लु नाइल (Blue Nile) क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ। मानवअधिकार समूह इमर्जेन्सी लयर्स (Emergency…

प्रतिकृयाहरू
...