Saturday 2nd August 2025

रोल्पामा पहिरोले पुरेर ३ जनाको मृत्यु


तितोपाटी – अबिरल बर्षा पछि आएको पहिरोमापरी रोल्पा सुनिलस्मृती गाउँपालिका ८ अरेसको फुल्ढारामा ३ जनाको मृत्यु भएको छ।

घर भन्दा टाढा रहेको हस्ते पुनको गोठ माथिबाट आएको पहिरोले पुर्दा स्थानीय करिब १८ वर्षिया चमेली पुन, करिब १८ वर्षिय हुमे घर्ती र करिब १२ वर्षिया ओबी घर्तीको मृत्यु भएको हो।

स्थानीय जीतबहादुर पुनका अनुसार गोठ गाउँ भन्दा अलि टाढा रहेकाले घटनाका बारेमा बिहान १० बजेतिर मात्र गाउँलेले थाहा पाएका थिए। पुनले भने ‘जिउँदै छन् कि भनेर गाउँलेले पहिरो पन्छाएर निकाल्यौं तर सास गईसकेको रैछ। प्रहरीलाई खबर गरेका छौं बिचबाटोमा आउँदै छ रे।’

घटनाको पुष्टी गर्दै रोल्पा प्रहरी प्रमुख डिएसपि ज्ञानेन्द्र प्रसाद फुँयालले सुलिचौरबाट प्रहरीको टोली घटनास्थल गएको बताए।


सम्बन्धित शीर्षकहरु

तितोपाटी -पाल्पामा क्रियाशील ७ राजनीतिक दलले सरकारलाई पत्र मार्फत ध्यानाकर्षण गराएका छन। जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत बढ्दो महंगी, भ्रस्टाचार…

कुवेत शहर, जुलाई ३१ एक ठूलो कारबाहीमा, कुवेतको आपराधिक सुरक्षा क्षेत्रले, जसको प्रतिनिधित्व सामान्य लागूऔषध नियन्त्रण विभाग ( GDDC )…

विशेष सम्पादकिय / रवि लामिछाने प्रकरणमा नागरिक चेत, राजनीतिक षड्यन्त्र र लोकतन्त्रको परीक्षण आज नेपालको समकालीन राजनीति, कानून, पत्रकारिता र…

प्रतिकृयाहरू
...