Friday 30th October 2026

काठमाडौं महानगरभित्र ६० देखि ६४ वर्ष उमेर समूहलाई भोलिदेखि कोरोना खोप लगाइने


तीतोपाटी डटकम-काठमाडौं काठमाडौं । काठमाडौं महानगरपालिका भित्र मंगलबारदेखि कोरोनाविरूद्ध खोप लगाइने भएको छ।६० देखि ६४ वर्ष उमेर समूहमा पहिलो मात्रामा भेसोसेल (चाइनिज) खोप लगाउन लागिएको महानगरले जनाएको छ।

जेठ २५ गतेदेखि जेठ २९ गतेसम्म खोप कार्यक्रम चल्नेछ। बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म नजिकको वडा कार्यालयमा गएर खोप लगाउन सकिन्छ।

खोप लगाउनका लागि उमेर खुल्ने परिचय पत्र साथै लैजानुपर्नेछ।

पहिलो खोप लगाएकालाई अहिले दोस्रो खोप लगाइने छैन। कोरोना संक्रमण भएका व्यक्तिले एक महिला पूरा भएपछि मात्रै खोप लगाउन पाउनेछन्।

साभार-सेतोपाटी डटकम


सम्बन्धित शीर्षकहरु

तेलअभिभ । इजरायलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको गठबन्धनले बहुमत गुमाएपछि देशको राजनीति थप तनावपूर्ण बनेको छ। निर्वाचनको अन्तिम…

काठमाडौं । प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, प्रहरीका उच्च अधिकारी, राजनीतिक नेतृत्व र प्रधानमन्त्रीको नामसमेत जोडिएर बिचौलिया सञ्जालसम्बन्धी विवाद सार्वजनिक भएपछि…

नेपाल सरकारले PHP प्रणालीमा देखिएको गम्भीर साइबर सुरक्षा कमजोरी समाधान गरी ९३० वटा सरकारी वेबसाइट पुनः सञ्चालनमा आएको दाबी गरेको…

प्रतिकृयाहरू
...